२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

डा सीके राउतलाई जनकपुरमा भव्य स्वागत ( फोटो फिचर )

Logo
प्रकाशित बुधबार, आषाढ ११, २०७६

जनकपुरधाम,असार ११ गते : दुई सप्ताह युरोप भ्रमणबाट फर्केका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतलाई आज जनकपुरमा भव्य स्वागत गरिएको छ ।

जनकपुर विमानस्थलमा भारी संख्यामा पुगेका जनमत पार्टीका नेता तथा समर्थकहरुले अध्यक्ष डा. राउतलाई भव्य स्वागत गरेको हो । भ्रमण सफल रहेकाले अध्यक्ष राउतलाई भव्य रुपले स्वागत गरिएको पार्टीका केन्द्रिय सदस्य इन्द्रजित यादवले जानकारी दिए । सयौंको संख्यामा मोटरसाइकलका साथ नेता तथा कार्यकर्ता जनकपुर विमानस्थलदेखि राउतको निवाससम्म स्वागत र्याली समेत निकालेका थिए ।

युरोप भ्रमणका क्रममा राउतले अष्ट्रियाको भियना विश्वविद्यालय र बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा लण्डन विश्वविद्यालयमा प्रवचन दिएका थिए । यसका साथै विभिन्न देशका नेता, संघसंगठन तथा आप्रवासी समुदायसँग भेटघाट पनि गरेको थिए । सोही क्रममा उनले आफूले विद्यावारिधी गरेको क्यामब्रिज विश्वविद्यालयको भ्रमण पनि गरेका थिए ।

फर्कने क्रममा उनले भारतको नयाँ दिल्लीमा असार ८ गते गैर आवासीय मधेशी संघको अन्तरक्रिया कार्यक्रममा पनि सहभागी भएका थिए । राउत भ्रमणबाट नेपाल आउने वित्तिकै बीर अस्पताल पुगेर उपचाररत साँसद रेशम चौधरीलाई भेटेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]