१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

विराट राजाको दरबार बनाउन कसरत गर्दै

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

न्यूजमधेश डेस्क
मोरंग ,३ फागुन । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ ।

पुरातत्वका विषयमा दखल राख्नेले बनाएको गुरुयोजनामाथि विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वले बहस गर्नुभएको छ । लेखक तथा पुरातात्विक संरक्षण अभियानकर्मी लोकेन्द्रकुमार मल्ल, पण्डित भवानी शङ्कर निरौला, लक्ष्मीनारायण मन्दिर पाञ्चालिका पीठाधीश अच्युत प्रपन्नाचार्य, धार्मिक वक्ता रामानुज नेपाल, वास्तुविद् तथा शहरी योजनाकार पुरुषोत्तम डङ्गोल, शहरी योजनाकार उनम प्रधान, नेकपाका युवा नेता सागर थापा, नेपाली कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपाने, साहित्यकार तथा समालोचक दधिराज सुवेदी, उद्योगी तथा व्यवसायी सुजन थापालगायतले आआफ्ना सुझाव दिनुभएको थियो ।

महानगरपालिका प्रमुख भीम पराजुलीले विराट राजाको दरबारको संरक्षणसहित विकास गर्ने मुख्य योजनाका रूपमा अगाडि बढेको जानकारी दिनुभयो ।

पुरातात्विक महत्वका वस्तुलाई आधुनिकतासँग जोडेर त्यस क्षेत्रको विकास गर्ने योजना रहेको प्रमुख पराजुलीले उल्लेख गर्नुभयो ।

आफ्नो कार्यकालमा यो अभियानको शुरुआत गर्ने भन्दै प्रमुख पराजुलीले उत्खननबाट फेला परेका विराट राजासँग सम्बन्धित वस्तुको सङ्ग्रहालयदेखि आधुनिक सुविधासहितको पार्क, खानपानका लागि व्यवस्थित फुडस्टल र विराटकालीन इतिहासको प्रदर्शन गर्ने डिजिटल हललगायत संरचना निर्माण गर्ने लक्ष्य महानगरले राखेको छ भन्नुभयो ।

कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, विराटराजाको दरबार निर्माण समितिका संयोजक सुरेन्द्र गोल्छा, जसपाका नगर अध्यक्ष मो नसरुल, वडाध्यक्षहरु विनोद बस्नेत, देवेन्द्र पोखरेल, राजदेव यादव, धार्मिक अभियानकर्मी अनन्त पराजुलीलगायतको सहभागिता रहेको थियो ।

प्राचीन राजदरबारको भग्नावशेष र यसको ऐतिहासिकता महाभारतकालीन भएको मानिन्छ । धार्मिक ग्रन्थमा समेत यो क्षेत्रबारे वर्णन छ ।

््पाण्डव वनवासपछि एक वर्ष गुप्तवासका लागि विराट राजाको दरबारमा आई बसेका थिए । उस बेलाको ३०÷४० कोठाको दरबार र मन्दिर जमीनमुनि रहेको विश्वास गरिन्छ ।

यसको सम्पूर्णरूपमा उत्खनन भने भएको छैन । प्रमुख पराजुलीकै पहलमा पुरातत्व विभागले सूचीमा दर्ज भने गरेको छ । यसको निर्माणका लागि पुरातत्व विभागले पूर्णरूपमा अनुमति दिनुपर्ने हुन्छ । त्यसका लागि अन्तिम प्रयास भइरहेको छ ।

विराट राजाको दरबारलाई संरक्षण, सम्वद्र्धन गर्न तथा यसको आधुनिकतासँग जोड्न बृहत् गुरुयोजना बनाउने र विज्ञको सुझावका आधारमा काम थाल्ने गरी प्रयास भइरहेको बताइएको छ । विराटनगर रानी भन्सारदेखि केही पूर्व भेडियारीस्थित रहेको सो दरबार उचित संरक्षण, हेरचाह तथा लगानीको पर्खाइमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन् । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हक अधिकार स्थापित गर्न सरकार निर्माण गरेको बताए । मुख्यमन्त्री कार्कीले सबै दललाई नयाँ वर्ष २०८१ मा सर्वदलीय सरकार […]