२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

पत्रकार महिलाका लागि कानूनी सचेतना तालीम

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७

न्यूजमधेश डेस्क
रुपन्देही,६ फागुन । पत्रकार महिलाका लागि कानूनी सचेतना तालीम आजदेखि बुटवलमा शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सञ्चारिका समूह जिल्ला शाखाको समन्वयमा भएको तालीमको आज उद्घाटन कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले कानुको अनविज्ञता क्षम्य नहुने भएकाले सबैलाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले उपमहानगरलाई समृद्ध बनाउन पूर्वाधार निर्माणसँगै भौतिक विकास आवश्यक हुने भएकाले पत्रकारलाई सचेत बनाउँदा समाजमा सही सूचना जाने उल्लेख गर्नुभयो । स्थानीय सरकार र नागरिकबीच पुलको काम गर्ने भएकाले पत्रकार धेरै विषयमा जानकार हुनुपर्ने उहाँको भनाइ छ ।

सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालले कुनै पनि विषय कानूनभन्दा बहिर नहुने भएकाले यो विषयमा सचेतना आवश्यक रहेको बताउनुभयो । तालीममा जिल्लाभरका ३७ पत्रकार महिलाको सहभागिता रहेको सञ्चारिका समूहका अध्यक्ष निरु गौतमले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने तालीममा उच्च सरकारी वकिल कार्यालय बुटवलका सहन्यायाधिवक्ता मोहन सागर बस्याल, कानून सचीव राजेन्द्र थापा र कानून मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमकान्त पौडेलले नेपालका ऐन कानूनमा भएका व्यवस्था, स्थानीय सरकारका काम कर्तव्य अधिकार, मुलुकी देवानी संहितालगायतका विषयमा प्रशिक्षण दिनु हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]