२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

विद्यार्थी जनमत संघले नेतृत्व विकासको प्रशिक्षण कार्यक्रम काठमाडौमा गरे सम्पन्न

Logo
प्रकाशित आइतबार, आषाढ १५, २०७६

काठमाडौ ,असार १५ गते ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन विद्यार्थी जनमत संघले नेतृत्व विकास सम्बन्धित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार  काठमाडौको प्रदर्शनी मार्ग स्थित रहेको विश्वभाषा क्याम्पसको सभाहलमा जनमत पार्टिका जनवर्गीय संगठन विद्यार्थी जनमत संघ काठमाडौको तदर्थ समिति सदस्य नभरत्न साहको अध्यक्षतामा नेतृत्व विकासको विषयमा एक दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रूपमा विकास प्रसाद लोधले पार्टीको लक्ष्य ,उद्देश्य ,रणनीति तथा नेतृत्व विकास र युवा स्वरोजगारका विषयमा प्रशिक्षण दिएका हुन।

त्यसैगरी पार्टीले चलाएको मधेसमा १ करोड वृक्षारोपण कसरी गर्ने कुन ठाउँमा रुपने समते जानकारी गराएको हो।उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा जनमत पार्टीका केन्द्रिय सदस्य बबिता ईसरकि उपस्थितिमा कार्यक्रम सम्पन्न भएका थियो।

सो कार्यक्रममा मन्टु चौधरी ,जय प्रकाश साह (जेपि), राजदेव खर्गा (आरडी ) र राजेन्द्र राईलगाइत दर्जनौं विद्यार्थीहरुको सहभागिता रहेको पंचनन्द माझी (पिएम)ले जनकारी दिएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]