२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

अख्तियारको टोलि गाउँपालिकामा प्रवेश, जनप्रतिनिधि र कर्मचारी भागमभाग

Logo
प्रकाशित मंगलबार, आषाढ १७, २०७६

मनोज बनैता, मल्हनिया , असार १७ गते। विकास निर्माण लगायतका काममा ब्रहमलुट भएको भन्दै स्थानीयले बारम्बार उजुरी दिएपछि । सप्तरीको बलान विहुल गाउँपालिकामा अख्तियारको टोलीले ले छापा मारेको छ । मंगलबार अख्तियार का कार्यालयबाट खटिएका ७ सदस्यीय टोलीले लागातार दुई दिन छापा मारेका हुन । स्थानीयको अनुसार अख्तियारको टोली गाउँपालिका पुग्दा जनप्रतिनिधि तथा कर्मचारीहरू भागाभाग भएका थिए । अख्तियार आयोग ईटहरीका प्रवक्ता महेश आचार्यको अनुसार गाउँपालिकामा सम्पन्न भएका विभिन्न योजनाको महत्वपूर्ण कागजात छानबिनका लिएका छन ।गाउँपालिकाले आर्थिक वर्ष २०७४र०७५ का विभिन्न योजना कामै नगरी सम्पन्न भएको कागज पेस गरेपछि महालेखा परीक्षकको कार्यालयलेसमेत तीन करोड ८२ लाख ८१ हजार बेरुजु ठहर गरेको छ । कामै नगरी खुल्लम् खुला भ्रष्टाचार गरेको भन्दै तत्कालीन नेकपाका नेता अशोककुमार यादवले अनुगमन र छानबिन गर्न आयोगलाई आग्रह गरेका थिए ।आयोगलाइ भ्रष्टाचार भएको सूचना प्राप्त भएपछि गम्भीरताका साथ लिएको र महत्वपूर्ण कागजात छानबिनका लागि लिएर आएकोआयोगको इटहरी कार्यालयका प्रवक्ता महेश आचार्यले बताएका छ्न । गत आवमा वडा नं ३ स्थित जनता राप्रावि मौवाहा टिकुलियामा बाउन्ड्री वालका लागि पाँच लाख खर्च देखाइएको छ । तर वाउण्ड्री वाल नलागेको सोही वडाका शुभकलाल यादवले बताएका छ्न ।त्यसैगरी, गाउँसभाबाट पारितै नभएका दुई करोड ३१ लाखभन्दा बढी रकम विभिन्न योजनामा खर्च गरिएको र वडामा नभएका कामको नक्कली कागजात पेश गरी खर्च देखाएको १ नं वडाका अध्यक्ष वैद्यनाथ यादवले बताएका छ्न । टिप्पणी स्वीकृत गर्ने देखि बोलपत्र स्वीकृत गर्नेलगायतका सबै कार्य अध्यक्षबाटै हुने गरेको र सामाजिक सुरक्षाभत्ता पाउनेको पनि वडागत अभिलेख नराखिएको पाइएको छ। योजनाको अनुगमन प्रतिवेदनमा संयोजकको उपस्थिति नरहेकोले गाउँपालिकाबाट सञ्चालित योजना कार्यान्वयन नभएको महालेखा परीक्षक सुवर्णप्रसाद ढकालले बताएका छ्न ।यसैगरी सवारी खरिदमा पनि अनियमितता भएको हुनसक्ने अख्तियारले आशंका गरेको छ । सवारी साधन खरिद गरेको वर्षदिन नाघे पनि गाउँपालिकाको नाममा नामसारी भएको छैन । उक्त गाउँ पालिका पटक–पटक विवादमा तानिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]