२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

बेचबिखन हुनबाट १२५ महिला जोगिए

Logo
प्रकाशित बुधबार, बैशाख १५, २०७८

न्यूजमधेश डेस्क
कंचनपुर ,१५ बैशाख । प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो ।

गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताउनुभयो । उहाँका अनुसार भारतमा रोजगारी र विवाहको प्रलोभन दिएर दलालहरूले महिलालाई सीमानाकामा पु¥याउने गरेका छन् ।

“रोजागरी, विवाह र घुमघाम गर्ने प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा महिलालाई सीमानाकामा रोकथाम गरेका छौँ”, उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा प्रलोभनमा पारेर ल्याइएका ६५ महिलालाई सम्झाइबुझाइ गरेपछि जोखिममा परेको महसुस गरी घर फिर्ता भएका छन् ।” उहाँले भन्नुभयो, “सीमानाकामा रोकेर जोगिएका छन् ।

नत्र सीमापारि पुगेपछि बेचिनेबाहेक अन्य विकल्प नै हुँदैन ।”

सीमाबाट घर फर्काइएकामध्ये सबैभन्दा बढी दलित समुदायका छन् । संस्थाका अनुसार दलित समुदायका ५३ महिला छन् । यसैगरी अन्य ६० र जनजाति समुदायका १२ जना छन् । दलित र जनजाति समुदायमा गरिबी र अशिक्षाका कारण ती समुदायका महिला भारतमा बेच्न लैजाने गरेको संयोजक भट्टले बताउनुभयो । सीमा क्षेत्रबाट रोकथाम गरी घर फिर्ता गराइएकामध्ये ९० महिला सुदूरपश्चिम प्रदेशकै रहेका छन् । जसमध्ये कञ्चनपुरका ४१, बझाङका १० र कैलालीका १८ जना छन् ।

माइती नेपालले दुई महिनामा ११ हजार ५८४ जनालाई सीमानाकामा बेचबिखनसम्बन्धी परामर्श दिएको छ । सीमानाकामा ४१४ सवारी साधन जाँच गरी शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरेको छ । संस्थाले ६५ जनालाई सीमानाकामा पराशर्म गरी सिधैँ घर फर्काएको छ । एक सय ३१ जनालाई पारिवारिक पुनःमिलन गरिएको छ । संस्थामा दर्ता गरिएका खोजतलासका ५५ निवेदनमध्ये ११ जना भेटिएका छन् । अन्यको अवस्था अज्ञात छ ।

महिलामाथि हुने घरेलु हिंसाका निवेदनसमेत संस्थामा आउने गरेका छन् । हालसम्म घरेलु हिंसाका ३४ निवेदन संस्थामा आएका छन् । त्यसमध्ये २८ निवेदन छलफल गरी हल गरिएका छन् । अधिकांश घरेलु हिंसाका घटना सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगका कारण हुने गरेको देखिएको संयोजक भट्टको भनाइ छ ।

संस्थाको सहयोगमा अदालतमा १० वटा जबर्जस्ती करणीका मुद्दा दर्ता गरिएका छन् । यसैगरी भारतमा महिलालाई बेच्न लैजाने दलालविरुद्ध दुई मुद्दा दर्ता गरिएका छन् । माइती नेपालले यस अवधिमा भारतमा बेचिएका दुई जनाको उद्धार गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]