२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

मृतकलाई सहिद घोषणको माग गर्दै , स्थानीयले मशाल जुलुस सहित प्रदर्शन : गोलिकाण्ड सर्लाही

Logo
प्रकाशित बुधबार, आषाढ १८, २०७६

चन्द्रकिशोर साह
सर्लाही ,असार १८ गते।सर्लाहीको बाँके जङ्गलमा प्रहरीको गोली लागेर आइतबार सरोज नारायण महतोको मृत्यु भएको विरोधमा स्थानीयबासी मंगलबार साँझ मशाल जुलुस निकालेर प्रदर्शन गरेको छ ।आइतवार सर्लाहीको बाँके जङ्गलमा प्रहरीको गोली लागेर ज्यान गएको सरोज र श्रीनगरस्थित बाँकेको खोलको खाल्डोमा डुबेर १२ वर्षीय अमित रायको ज्यान गएपछि स्थानीय आन्दोलित भएका हुन् । प्रतिनिधिसभा सदस्य प्रमोद साह र प्रदेशसभा सदस्य उपेन्द्र महतोको सहभागिता स्थानीयबासीले मसाल जुलुस निकालेर प्रदर्शन गरेका छन।स्थानीयले मृतकलाई सहिद घोषण गर्नुपर्ने, खोलामा भैरहेको अवैध दोहन रोक्नुपर्ने, गिट्टी बालुवा निकाल्दा बनेको खाल्डो पुर्नुपर्ने, बस्ती नजिक सञ्चालित क्रसर उद्योग बन्द गर्नुपर्ने, गोली काण्डको निष्पक्ष छानबिन गरिनुपर्ने, मृतक परिवारका एकजनालाई रोजगारी दिनुपर्ने, बाल बच्चालाई शिक्षा स्वास्थ्यलगायतको उचित व्यवस्था गरिनुपर्ने, घाइतेको उपचारका लागि राज्यले औषधिखर्चको व्यवास्था गर्नुपर्ने लगायतको माग गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । पुर्वमन्त्री यादवको नक्कली फेसबुक […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]