२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मैत्रीपुर्ण फुटबल टुर्नामेन्टमा मुरिबा टिमलाई हराउदै धबौली टिमले विजय हासिल गरे

Logo
प्रकाशित बुधबार, आषाढ १८, २०७६

राम सागर मण्डल , जनकपुरधाम,असार १८ गते । धनुषा जिल्लाको पुर्वी क्षेत्रमा रहेको जनकनन्दनी गाउँपालिका-४ खजुरीमा मैत्रीपूर्ण फुटबल टुर्नामेन्टमा आजबाट थाल्नी गरिएको छ। प्रथम गेम धबौली टिमले जितिएका छन ।बुधबारदेखि धनुषाको जनकनन्दनी गाउँपालिका ४ खजुरीमा गैर सरकारी सँस्था उज्वल नेपालको आयोजना तथा महाविर स्पोर्ट क्लब खजुरीको सहयोगमा खेलाइएको मैत्रीपूर्ण खेलमा धबौली टिमले पेनाल्टीमा विजयी भएका हुन् । तोकिएको ९० मिनेटको खेलमा धबौली टिम र मुरिबा टिमबीच भएको खेलमा दुवैले १ र१ गोलको बराबरी गरेपछि पेनाल्टी प्रणाली गएका थिए । उक्त खेलमा पेनाल्टीको क्रममा धबौली टिमले ४ गोल गरेका थिए।भने मुरिबा टिमले ३ गोल गरेपछि धबौली ४ र३ गोलान्तर्ले जित हाँसिल गरेको आयोजक सँस्था उज्वल नेपालका अध्यक्ष रोशन गोईतले न्यूजमधेश कुराकानी गर्दै भने यो मैत्रीपूर्ण खेल शुक्रबारसम्म चल्नेछ । धबौली, मुडिबा, खजुरी र गिद्धा गरी ४ टिम भाग लिएको छ।त्यसैगरी भोली विहिबार भने खजुरी र गिद्धाबीच खेल हुने भएको छ भने विहिबार विजयी हुने टिमले धबौली टिमसँग प्रतिष्पर्धा गर्ने बताएको छ । खजुरीको प्रसाहा मैदानमा जारी टुर्नामेन्ट दिउँसो ४ बजेदेखि सुरु हुने आयोजकले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो। गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]