२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

अस्थायी शिक्षक प्रदेश.२ मा आन्दोलन गर्दै

Logo
प्रकाशित बिहिबार, आषाढ १९, २०७६

जनकपुरधाम ,असार १९ गते।प्रदेश न.२ मा कार्यरत अस्थायी शिक्षकहरुले आफुहरुको रोजगारीको ग्यारेन्टी गर्नमाग गर्दै बिहिवार प्रदेश न .२को अस्थायी राजधानी जनकपुरमा शिक्षकहरुले आन्दोलन गरेका छ्न।

अस्थायी शिक्षक आन्दोलन परिचालन समिति प्रदेश न.२का संयोजक धर्मेन्द्र यादवको नेतृत्वमा सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणबाट बिरोध जुलुस सुरु भएको थिए।उक्त जुलुस जनकपुरको देवि चौक,जनक चौक, मुरली चौक ,क्याम्पस चौक , कदम चौक लगाई विभिन्न चौक हुँदै मुख्यमन्त्री कार्यलय अगाडि कोणसभामा परिन्त गरिएका थिए।

त्यैगरी कोणसभामा नेपाल शिक्षक संगठनका धनुषा जिल्ला अध्यक्ष जोगिन्द्र महतो,फोरम शिक्षक संघका अध्यक्ष नन्दकिशोर ,अस्थायी शिक्षक संगठन धनुषा जिल्ला अध्यक्ष विनोद यादव लगाइतका शिक्षकहरुले अस्थायीको समस्या बारे धर्ना दिएका थिए।

विगतमा गरिएको सहमति अनुसार आफूहरूलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्न पटकपटक सो परीक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।अस्थायी रहेको शिक्षकहरूले आफूहरूलाई स्थायी गर्न माग गर्दै प्रदेश न २को मुख्यमन्त्री कार्यलयमा मो. लालबाबु राउतले कार्यलयमा उपस्थित नरहेको भन्दै उहाँकै स्वकीय सचीवलाई ज्ञापनपत्र बुझाएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका सहसंयोजक बिनोद यादवले जानकारी गराएका छ्न।

त्यैगरी यादवले भने आफूहरूको माग सम्बोधन नभएसम्म सम्बन्धित निकायमा धर्नालगायतका आन्दोलनको कार्यक्रम अगाडि सारेका छ्न।भोलि शुक्रबार प्रदेश न .२को कार्यलय अगाडि बिहान १० बजे देखि बेलुका ४ बजे सम्म धर्ना कार्यक्रम राखेको समेत सार्वजनिक गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]