२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मधेशका शक्ति पीठहरूमा दिनभरी खोँइछ भर्नेहरुको भीड

Logo
प्रकाशित बुधबार, आश्विन २७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२७ असोज । जनकपुरधामको शक्ति पीठहरुमा
आज बिहानैदेखि खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ ।

राजा जनकको कुलदेवीका रुपमा चनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठहरुमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको हो ।

सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालानीहरु खोँइँछ भर्ने गर्दछन् । मिथिलामा माता दुर्गाको ‘खोँइछ’ भर्ने विधि निकै पौराणिक हो । सप्तमीको साँझदेखि नै मिथिलानीहरूले ‘खोँइछ’ भर्ने गर्दछन् । यस वर्ष तिथिको हेरफेरले गर्दा सप्तमी, अष्टमी र कतिपयले अष्टमीको राति १२ बजेपछि ‘खोँइछ’ भर्ने पण्डितहरू बताउँछन् ।

मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई ‘खोँइछ’ दिने गरिन्छ । ‘खोँइछ’ मा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ । ‘खोँइछ’ भर्दा धनधान्यको प्राप्ति हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहेअनुसार मिथिलानीहरु दुर्गामाताको खोँइछ भर्ने गर्दछन् ।

खोँइछ भर्नका लागि हजारौँको सङ्ख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोकलगायतका स्थानमा खोँइछ भरिरहेका छन् ।

त्यस्तै प्रसाद चढाउनका लागि गए राति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भीड लाग्छ ।

जनकपुरमा आज रातिदेखि बलि दिने भएको छ । त्यसका लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोका बलिका लागि जनकपुर जाने गरेका छन् । प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको सङ्ख्यामा बलि प्रदान हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]