१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

भ्रष्टाचार विरुद्ध जनमत पार्टीले निकाले मधेशमा सिटी जुलुस

Logo
प्रकाशित सोमबार, कार्तिक ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले पूर्वनिर्धारीत कार्यक्रम अन्तर्गत आजपहिलो दिन मधेशका जिल्लाहरुमा सिठी जुलुस निकालेको छ ।

जनमत पार्टीका युवा नेता धिरज कुमार मण्डलको नेतृत्वमा प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामसहित मधेशभरी सिटि जुलुस प्रदर्शन गरेको छ ।

धनुषा जिल्ला पार्टी कार्यालयबाट सिटि जुलुस निकालिएको थियो ।जुलुसमा सहभागी नेता तथा कार्यकर्ताहरूले ‘भ्रष्टाचारीलाई कारबाही गर, हाम्रा कार्यकर्तालाई रिहा गर,हाम्रो माग पुरा गर ,  भ्रष्ट सरकार मुर्दावाद, भ्रष्टाचारीलाई संरक्षण गर्न पाइँदैन,जनमत पार्टी जिन्दाबाद ,डा सीके राउत जिन्दाबाद’ लगायतका नारा लगाएका थिए ।

सो जुलुस रामानन्द चौक ,जानकी चौक ,पेठिया बजार हुदै नमस्कार चौक ,मुरली चौक ,जिल्ला प्रशासन कार्यालय अगाडीबाट कदम चौक ,भानु चौकसहित नगर परिक्रमा गरि जनाका चौकमा कोणसभा गरेर कार्यक्रम समापन गरेको छ ।

कोणसभामा दलित जनमत संघका अध्यक्ष रघुबीर दास ,युवा नेता लक्ष्मेश्वर यादव ,जिल्ला सहसचिव नबिन पंडित ,दीपनारायण यादवसहितका वक्ताले आफ्नो कार्यकर्तालाई बिनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

आम जनता र जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधवार जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहालाई जनकारबाही स्वरूप अर्धनग्न पारेर बजार घुमाएका थिए ।

प्रमुख कुशवाहालाई जनकारबाही गरेपछि जनमत पार्टीका १७ जना नेता कार्यकर्ताहरुलाई प्रहरी हिरासतमा राखेको छ ।पक्राउ परेका कार्यकर्तालाई नि : सर्त रिहा गर्न माग गर्दै आज सिटि जुलुस निकालेको छ ।

भ्रष्टाचारविरुद्ध मधेसका सबै जिल्लामा सिठी जुलुस प्रदर्शन गरिएको पार्टीका केन्द्रीय उपमहासचिव इन्द्रजीत यादवले जानकारी दिए ।

जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भ्रष्टाचार र बेतिथिविरुद्ध सर्वपक्षीय जनआन्दोलन गर्ने निर्णय पनि गरेको थियो । जनआन्दोलनको तयारी स्वरुप आजबाट पहिलो चरणको आन्दोलन सुरु भएको जनमत पार्टीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]