२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

बलात्कार घटनाका फरार दुई जना अभियुक्त पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ मंसिर । बलात्कार घटनाका दुई जना फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।

धनुषाको बिदेह नगरपालिका ४, ढाडीका ३० वर्षिय जितेन्द्रकुमार महरा र ३२ वर्षिय अरुणकुमार महरालाई गाउँकै एक १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउ परेकामध्ये जितेन्द्रलाई तीनदिन अघि जनकपुरबाट र अरुणलाई बिदेह नगरपालिकाबाट बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव निरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनुभयो ।

जबर्जस्ती करणी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको छ । जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

आरोपित जितेन्द्र र अरुणमाथि पीडित बालिकाकी सानी आमा शनिचेरीदेवी महराले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराउनुभएको थियो ।

उजुरीमा आरोपितहरुले भतिजी पर्ने बालिकालाई जनकपुरको शिवचौकस्थित एक होटलमा बन्धक बनाएर असोज ३ गतेदेखि ६ गतेसम्म जबर्जस्ती करणी गरेको आरोप छ ।

वेपत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि असोज ६ गतेकै दिन प्रहरीमा उनीहरुविरुद्ध उजुरी दिएको सानीआमा शनिचेरीदेवीले भन्नुभयो ।

बालिकाको आमाको मृत्यु भइसकेको र बुवाको मानसिक सन्तुलन ठीक नभएको स्थानीयले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]