१२ जेठ २०८२, सोमबार
26-05-2025 , Mon
×

कांग्रेसका पुराना गुट तितरबितर

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१९ मंसिर । कांग्रेसमा महाधिवेशनका लागि एक सातामात्रै बाँकी हुँदा पनि सभापतिका आकांक्षी नेताहरू आफ्नो उम्मेदवारीबारे ढुक्क छैनन् ।

सभापतिका स्वाभाविक उम्मेदवारले समेत आफ्नो टिम बनाउन सकेका छैनन् । नेताहरू आफ्नो नेतृत्वमा प्यानल बनाउने कसरत गरिरहेका छन् । महाधिवेशनको मुखैमा चौतर्फी गुटगत चलखेल सुरू भएको छ ।

सबै आकांक्षीहरू आ–आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न गुटभित्र र अन्तरगुटका चलखेलमा सक्रिय छन् ।विगतमा बलियो आधार बनाएर रहेका परम्परागत गुटहरू भने यसपटक तितरबितर छन् ।

‘अहिल्यै १४ औँ महाधिवेशनमा क–कसका बीच प्रतिस्पर्धा हुन्छ भन्ने यकिन गर्न सक्ने अवस्था छैन, तर अब ठूलै आश्चर्य नभए सभापतिका लागि चार जनाभन्दा धेरै आकांक्षी हुने लगभग निश्चित छ,’ एक केन्द्रीय सदस्यले इकान्तिपुरसँग भने ।

विगतमा चार पटकसम्म सर्वसम्मत रहेका वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै अहिले आफ्नै गुटमा सर्वसम्मत छैनन् ।

उनी आफैँले उपसभापति बनाएका विमलेन्द्र निधि सभापतिमा उम्मेदवारी घोषणा गरेर अघि बढिसकेका छन् भने पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमै दाबी गरेका छन् ।

निधिको उम्मेदवारीलाई देउवाले महत्व दिएका छैनन् । देउवाले महत्व नदिएपछि निधि आफैँ गुट खडा गरेर अघि बढ्ने तयारीमा छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]