२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

सरकारले तोकेको उखुको मुल्यमा किसान असन्तुष्ट,प्रतिक्विन्टल ७ सय गर्न माग

Logo
प्रकाशित शनिबार, पुष २४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२४ पुष । उखु किसान सम्बद्ध राष्ट्रिय कृषि श्रमिक संघ नेपालले सरकारले तोकेको मूल्यप्रति असन्तुष्ट जनाएको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको थियो । तोकिएको मूल्य आफूहरुको हितमा नभई उद्योगीको पक्षमा रहेको किसानको आरोप छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ मूल्यले समग्र किसानलाई धोका भएको जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार किसानको पक्षमा उभिएन, उद्योगीहरुको हित रक्षाका लागि समर्थन मूल्य कायम गरेको देखिन्छ ।’ संघले समर्थन मूल्य प्रतिक्विन्टल ७ सय हुनुपर्ने माग गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]