
न्यूजमधेश डेस्क
सर्लाही ,२८ जेष्ठ ।लोकतान्त्रिक समाजवादी पार्टीका नेता मनिष मिश्रले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यार्थीलाई शैक्षिक समाग्री प्रदान गरिने घोषणा गरेका छन् ।
सर्लाहीको रामनगर गाउँपालिकास्थित श्री सुधा कृष्ण आधारभूत विद्यालयमा उच्चतम नतिजा ल्याउने कक्षा १ देखि कक्षा ५ सम्मको विद्यार्थीलाई प्रत्येक वर्ष शैक्षिक सामग्री प्रदान गर्ने उनले घोषणा गरेका छन् ।
एकजना छात्र र एकजना छात्रालाई शैक्षिक सामाग्री प्रदान गरिने मिश्रले बताए ।
उनले भने, ‘म विद्यार्थीबाट राजनीतिमा आएको हुनाले शैक्षिक क्षेत्रको विकासका लागि मेरो यो सानो प्रयास हो ।’ यस कार्यले शिक्षा प्रतिको आस्था, राजनीतिक संस्कारको विकास तथा समाज प्रतिको सकारात्मक भावनाको उजागर गर्ने उनले बताए ।