२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

बच्चालाई आमाको दूध कति आवश्यक ?

Logo
प्रकाशित आइतबार, साउन २६, २०७६

आशा अधिकारी ,जनकपुरधाम।हरेक विवाहित महिलाका लागि आमा बनेपछि अर्को ठूलो खुशी भनेकै आफ्नो सन्तानलाई गराउने स्तनपान नै हो । आफ्नो बच्चालाई आफ्नै छातिमा टाँसेर स्तनपान गराउन पाउँदा एउटी महिलालाई जुन अपार खुशी र अपनत्वको अनुभव हुन्छ, त्यो अरु कुनै पनि कुराबाट अनुभव हुन सक्दैन ।

त्यसैले त भनिन्छ, स्तनपानले आमा र बच्चाबीचको ममतालाई अझ प्रगाढ बनाइदिन्छ । चिकित्सकले पनि हरेक आमालाई स्तनपान गराउन सल्लाह दिने कारणहरु मध्ये यो पनि एक हो ।

स्तनपान गराउनु शिशु र आमा दुबैलाई मानसिकका साथै स्वास्थ्यको हिसाबले पनि फाइदजनक हुन्छ । स्तनपानको गराउनुका धेरै फाइदा हुँदाहुँदै पनि अहिलेका आमाहरुले आफ्ना शिशुलाई विभिन्न कारणले गर्दा स्तनपान गराउँदैनन् । स्तनपानको संस्कृति बिस्तारै कम हुँदै गएको छ भने शिशूलाई बोतलको दुध खुवाउने चलन बढ्दो छ । आज हामी तपाईंहरुलाई स्तनपानका फाइदाहरुको बारेमा केही जानकारीहरु दिदैछौ ।

पचाउन सजिलो

स्तनमा पहिलादेखि नै बनेर बसेको दूधले शिशुको पाचन प्रकृयालाई बलियो र विकसित गर्न सहयोग पुर्‍याउँछ । त्यसका साथै उक्त दूधले शिशुलाई अन्य क्रियाकलाप गर्न पनि सहयोग गर्छ । बोतलको दुध खाने शिशुभन्दा स्तनपान गर्ने शिशुलाई कब्जियत हुने र पाचन सम्बन्धि समस्य हुँदैन्ा ।

रोगसँग लड्ने क्षमता

स्तनपानमा समावेश भएको एन्टिबायोटिकले शिशुलाई रोग प्रतिरोधक क्षमता अर्थात रोगसँग लड्ने क्षमता निर्माणमा मद्दत गर्छ । जसले शिशुलाई संक्रमण, झाडावान्ता, दम, मोटोपना, एलर्जी जस्ता रोगहरु लाग्नबाट बचाउँछ ।

मस्तिष्कको विकास

स्तनपान गराउनाले तपाईंको शिशुको मस्तिष्कको प्रारम्भिक विकासमा पनि सहयोग पुर्‍याउँछ । जसका कारण बच्चा चलाख र तेजिलो हुन्छ ।

क्क्ष्म्क् अर्थात सडन इन्फ्याट डेथ सिन्ड्रोमको शिकार हुनबाट बचाउँछ

जुुन शिशुले स्तनपान गरेको हुन्छ, उसमा सडन इन्फ्याट डेथ सिन्ड्रोम हुने सम्भावना कम हुन्छ । सडन इन्फ्याट डेथ सिन्ड्रोम एउटा त्यस्तो स्थिति हो, जसले शिशु पीडित हुने कुनै लक्षण देखिदैन्ा, तर ओछ्यानमा राखेपछि मृत अवस्थामा पाइन्छ ।

स्तनपान गराउने आमालाई पनि फाइदा

स्तनपान गराउँदा आफ्नो सन्तानसंगको सम्बन्ध झन् गहिरो हुँदै जान्छ । यसका साथै आमा र बच्चाबीचको एउटा अद्वितीय भावनात्मक बन्धन बनाउन सहयोग गर्छ । बच्चा जन्मेपछि हुने रक्तश्रावलाई पनि राक्न मद्दत गर्छ । बोतलको दुध भन्दा स्तनपान सस्तो र छिट्टो हुनुको साथै पोषक तत्वहरु समावेश हुन्छ ।

रक्तश्राव कम गर्छ

स्तनमा रहेको दुधले अक्सीटोसिन नामक एक किसिमको हार्मोन पनि छोड्छ,जसले गर्भाशयलाई सहि आकारमा आउन सहयोग गर्छ । त्यसबाहेक प्रसवपछि अत्याधिक रक्तश्राव कम गर्न सहयोग गर्छ ।

आमालाई पनि रोग लाग्नबाट बचाउछ

बच्चा जन्मेपछि बढेको आमाको शरीरको तौल तिव्र गतिमा घटाउन सहयोग गर्छ । स्तनपान गराउनाले गर्भाशय र डिम्बग्रन्थिको क्यान्सरको साथ-साथै स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]