२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

एउटा देशमा दुई वटा कानुन : सरोज राई

Logo
प्रकाशित शनिबार, साउन ३२, २०७६

काठमाडौ । मधेशमा प्रहरीले छाती र टाउकोमा गोली ठोकी रहंदा हाम्रो राष्ट्रिय मेडिया मात्र होइन लाखौं-लाख राष्ट्रवादी जमातहरूको कमेन्ट ट्रोल हुन्थियो यो भनेर कि प्रहरी माथी ढुंगामुढा गरेभने प्रहरीले गोली चलाउंदैन त् के माला लगाउंछ।

अस्ति मात्र सर्लाहीमा एक बालकको मृत्यु भयो। परिवारजन्य र गांववासीको भिड़ सडकमा ओर्लिए न्यायको लागि, भिड शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए, रोड मात्र जाम गरेका थिए, कुनै ढुंगामुढा भएको थिएन, प्रहरी घाइते हुने कुरै भएन तापनि प्रहरीले आत्मरक्षाको नाउमा गोली चलायो र एकजनाको मृत्यु भयो।

धन्यवाद दिन्छु चितवन प्रहरीलाई, प्रहरी चौकी माथी ढुंगामुढा भयो, रॉड प्रहारले पांचजना प्रहरी घाइते पनि भए तर प्रहरीले धैर्यता देखाए, कुनै मानविय क्षति भएन।

मैले कदापि यो भन्न खोजेको होइन कि चितवन प्रहरीले गोली चलाउनु पर्ने थियो किनभने मृत्यु पश्चात परिवारले भोगेको दुखपिडा शहिद परिवारको घर गएर राम्रो संग बुझेको छु। मात्र तपाईहरू लाई मधेशको पिडा, राज्यले गरेको दमन र पहाडले लगाएको चश्मा वारे बताउन खोजेको हो।

मलेठ घटनामा प्रदर्शनकारीले ढुंगामुढा अवश्य गरेको थियो तर कसैको ढुंगा प्रहरी समिप पनि पुगेन घाइते हुने कुरा त् परै जाओस् तापनि प्रहरीले समाति-समाति पांचजनाको हत्या गरेको थियो।

आन्दोलनमा संसार भरि भिडको प्रकृति लगभग उस्तै हुन्छ, भिड उतेजित हुन्छ कहिले काहिं अनियन्त्रित पनि हुन्छ, सकेसम्म प्रहरीले भिड नियन्त्रण गर्ने हो नकि गोली चलाउने हो । तर हाम्रो राज्यको चरित्र मधेश र पहाड बिच फरक देखिएको छ। दोषी प्रहरी मात्र होइन उनीहरू लाई गोली चलाउन आदेश दिनेहरू मुख्य दोषी रहेको छ। न्यायको लागि आन्दोलन गर्नु सबैको अधिकार हो, मेरो कथन यति मात्र हो कि प्रहरीले अधिकतम संयमता अपनाउनु पर्छ र भिड नियन्त्रण गर्न गोली वाहेकका विकल्पहरू अपनाउनु पर्छ चाहे त्यो पहाड होस् वा मधेश ।

पहाड र मधेश बिच फरक चरित्रको मुख्य कारण मेरो नजरमा राज्यको नश्लवादी चरित्र रहेको छ। जंहा नश्लवाद हावी हुन्छ त्यंहा समृधी सम्भव हुंदैन। एकचोटी विचार गरौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]