२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मधेश प्रदेशका प्रादेशिक अस्पतालको बेहाल , १२ बजेसम्म खुल्दैँन विभागहरु

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम । पछिल्ला केहि समययता मधेश स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरमा बिरामीहरुको संख्या बढ्दै गइरहेको छ । तर अस्पतालका विभागीय कर्मचारीहरुको लापारवाहीका कारणका बिरामीले भने सास्ती भोग्दैँ आएका छन् ।

समयमा चिकित्सक र विभागीय कर्मचारी नपुग्दा १२ बजेसम्म विभागहरुमा ताल्चा लागेको पाइएको छ ।समान्यता सरकारी समय अनुसार १० बजे र स्वास्थ्य संस्थाको हकमा २४ औं घण्टा संचालनमा रहनुपर्ने अल्टसाउन्ड एक्स रे विभाग १२ बजे मात्रै खुलेको पाइएको छ । विभागको इन्चार्ज यादवको लापारवाहीका कारण सयौं बिरामीहरु विभागको बाहिर अलमलमा परेका थिए ।

हामी बिहान ९ बजे नै आइपुगेका थियौं तर डाक्टर भने १२ बजे मात्रै आइपुग्नु भयो, बिरामी काजल चौधरीले भनिन् । हल्लाखल्ला भएपछि मात्रै इन्चार्ज आईपुगे, सरकारी अस्पताल भनेको यस्तै त हुन्छ न त समयमा डाक्टर आइपुग्छन् न त कर्मचारी नै बिरामी चौधरीले गुनासो गरे ।

जनकपुर प्रादेशिक अस्पताल मधेस प्रदेशकै ठुलो अस्पताल मध्ये एक हो । बर्षेपिच्छे सरकारले यसमा करौडो रकम खर्चिएपनि अस्पतालको अवस्था भने दयनिय रहेको छ ।

बिरामीको फोनपछि राजधानी जनकपुर प्रादेशिक अस्पतालमा पुग्दाँ न त नवनियुक्त मेसु डा प्रमोद कुमार यादव भेटे न त विभागीय र सूचना अधिकारी समेत रहेका डा राम नरेश पण्डित ।

स्रोतका अनुसार मेसु काम विशेषले बाहिर गएको बताए भने विभागीय प्रमुख पण्डित भने प्राय जसो उनी आफ्नौ अस्पतालमा बस्ने गरेको बताए । विभागीय प्रमुख पण्डितको कार्यकक्ष लामो समयदेखि बन्द रहेको अस्पताल कर्मचारीको भनाइ छ ।

यस विषयमा सम्पर्क गर्न खोज्दा अस्पतालका विभागीय प्रमुख र इन्चार्जहरु भने बोल्न मानेन् । नवनियुक्त डा प्रमोद कुमार यादव भने जनकपुर बाहेर रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]