०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

जनमत पार्टीद्वारा रावन रुपि नेताहरुको पुतला दहन

Logo
प्रकाशित बुधबार, आश्विन १९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ असोज।जनमत पार्टीले रावनको रुपमा रहेका नेताहरुको पुतला दहन गरिएको छ।

असोज ७ गते बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको आन्दोलन अन्तर्गत बुधबार राष्ट्रपति विद्या देवी भण्डारसहित सत्ता गठबन्धनका नेताहरुको पुतला दहन गरिएको हो।

मधेश प्रदेशका धनुषा ,सिरहा,सप्तरी ,महोत्तरी ,सर्लाहीलगाइत मधेशका जिल्लाहरुमा जनमत पार्टीका नेताहरुले विरुद्ध र्यालीसहित उनिहरुको फोटो पुतलामा लगाएर दहन गरिएको छ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको पार्टीको आरोप छ । त्यस्तै सत्ता गठबन्धनले पनि हालसम्म किसान आन्दोलनका मागहरू सम्बोधन नगरेको भन्दै जनमत पार्टीका नेताकार्यकर्ताहरुले उनिहरुको पुतला दहन गरिएको पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएको छ।

उनले भने ‘नागरिकता विधेयक प्रमाणीकरणमा सत्ता गठबन्धनले पनि चासोलिएको छैन उनको भनाइ छ।यीहरु रावनकै रुपमा जन्म लिएक छ।जनताको रगत चुस्नु बाहेक कुनै काम गर्दैनन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]