
न्यूजमधेश डेस्क
राजविराज ,१७ कार्तिक । चुनावी सरगर्मी बढिरहँदा सप्तरी क्षेत्र नं .२ मा विभिन्न पार्टी परित्याग गरि सयौं जना जनमत पार्टीमा गरिएको छ ।
आज तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ लौनियामा भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै नागेन्द्र झा,आशा मिश्रा ,तेजनारायण खंग र अगनी प्रसादसहित सयौंजना जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार डा .सीके राउत ,सोहि क्षेत्रको प्रदेश सभा (क ) को उम्मेदवार सतिश कुमार सिंहले अबिर लगाउदै पार्टीको सदस्यता हस्तान्तरण गरि पार्टीमा स्वागत गरिएको छ।
सो कार्यक्रममा जनमत पार्टी सप्तरी जिल्ला इन्चार्ज ममता झा ,महिला नेत्री शुशिला यादव ,पार्टीका गाउपालिका अध्यक्ष शुशील मण्डललगाइत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिमा सयौं जना पार्टी प्रवेश गरेको छ ।
याति बेला जनमत पार्टीमा प्रवेशको लहर चलिरहेको छ ।दिनहु विभिन्न पार्टी परित्याग गर्दै सयौं जना जनमत पार्टी प्रवेश गरिरहेको पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश मण्डलले बताए।