२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

इनार र गाउँलेको दोस्ती

Logo
प्रकाशित आइतबार, भाद्र ०८, २०७६

शंकर आचार्य ,पर्सा । मधेसमा २० वर्ष अघिसम्म इनारकै पानी खाइन्थ्यो । गाउँ–टोल सबैतिर इनार । डोरीले पानी तानेर इनारमा नुहाउने र कपडा धुनेको ताँती हुन्थ्यो । जमाना बदलयो । सँगसँगै पानीको पाइप भान्सा र बाथरुमसम्मै पुग्यो । धेरै इनार सुके । बचेका संरक्षण अभावमा मासिए ।

तर, पर्साको पटेर्वासुगौली ४ दापमा रहेको इनारसँग भने गाउँलेको गज्जबको दोस्ती छ । गुदर बाबा मन्दिरनजिकको त्यो इनार गाउँलेको श्रद्धा र विश्वासले रमणीय स्थल बनेको छ ।

गाउँलेले मन्दिर परिसर बाहिर सडकसँग जोडिएको यो इनारलाई छानो हालेर सफा–सुग्घर राखेका छन् । विगतमा काठको घेराबेरा रहेको इनारलाई स्थानीयले तीन दशकअघि पक्की पर्खाल लगाए । अझै पनि गाउँको अधिकांश घरधुरीले दैनिक यो इनारबाट पानी लगेर बिहान घरमा पुजाअर्चना गर्ने तथा खाना पकाउन पानी प्रयोग गर्छन् । परम्परागत शैलीको यो इनार करिब ५० फिट गहिरो छ ।

७६ वर्षीय सुभन राउत थारू गाउँघरमा हुने यज्ञ, हवन, वैवाहिक समारोहमा मात्र नभई दैनिक घरमा गरिने पूजाअर्चना तथा खाना पकाउन तथा पिउनका लागि समेत यसै इनारको पानी अधिकांश गाउँलेले प्रयोग गर्ने बताउँछन् । ‘इनारको पानी पवित्र रहेको हाम्रो विश्वास छ,’ उनले भने, ‘इनारको पानीले पकाएको खाना स्वादिलो हुने, धार्मिक अनुष्ठान सफल हुने र पूजा अर्चनामा वितरण गरिने प्रसादको भण्डार कहिल्यै नरित्तिने जनविश्वास पनि छ ।’

५२ वर्षीय विष्णु दास थारूले गाउँलेले साझा सम्पत्ति रहेको इनारलाई संरक्षण गरिएको बताए । इनारसँग गुदर बाबा नाम गरेका सिद्ध पुरुषको रोचक कथा पनि जोडिएको छ । परापूर्व कालमा गाउँमा गुदर नाम गरेका एक पुरुष थिए । उनी गाउँकै एक जमिन्दारको घरमा हली बसे । खेतमा हलो जोत्ने क्रममा उनले गोरुलाई हलोसहित खेतमा छोडिदिन्थे र आफू आरामले सुत्ने गर्थे । गोरु खेतमा आफैं हिड्थे र हलो पनि मानिसले चलाएजस्तो आफै चलिरहन्थ्यो ।

प्रत्यक्षदर्शीले जमिन्दारलाई यो आश्चर्य सुनाएपछि गुदरलाई हप्कीदप्की गर्‍यो । गोरु आफै हलो कसरी जोत्छ ? यो रहस्य खोल्न जमिन्दारले गुदरलाई बाध्य पारे । उनले आफू भारतको कुनै प्रसिद्ध मन्दिरको मठमा आउने साधु सन्तको सेवाटहल गर्ने काम विगतमा गरेको र त्यहाँ साधुसन्तलाई दही च्युरा खुवाउने काम गरेको बताउँदै आफ्नो हात देखाउँदा उनको हातमा दही लागेको देखेपछि जमिन्दारले सिद्ध पुरुष रहेको चाल पाए । त्यसपछि मठ बनाएर गुदर त्यहीं बसे ।

मठमा हाल अन्य देवी देउताको मन्दिर मात्र नभई गुदर बाबाको मूर्ति पनि छ । स्थानीयले उनलाई अभिभावक तथा ग्राम देउताका रूपमा पूजा–अर्चना गर्छन् । स्थानीयले घरपरिवारमा हुने विवाह, ब्रतबन्ध, विशेष धार्मिक अनुष्ठान अघि गुदर बाबाको पुजाअर्चना गरी आशीर्वाद लिने पनि गर्छन् ।

पछि गुदर बाबाको भारतको चित्रकुट नामक प्रसिद्ध धार्मिक स्थलमा समाधि लिएको र हाल पनि त्यहाँ उनको समाधि रहेको उनले बताए ।साभार: कान्तिपुर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]