२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

विद्यालयमा तालाबन्दी, अध्यक्षले पत्रकार विश्वकर्मालाई दिए धम्की

Logo
प्रकाशित मंगलबार, आश्विन २८, २०७६

मनोज बनैता, लहान । सिरहाको दक्षिणवर्ती  सखुवानन्कारकट्टी गाउँपालिका ३ स्थित पोर्ताहा स्कुलमा स्थानियले तालाबन्दी गरेका छन । पोर्ताहा मा.वि.को प्रशासनमा असन्तुष्ट विद्यालय व्यवस्थापन समिति सदस्यलगायत  स्थानीय अभिभावकले सोमबार दिउँसो तालाबन्दी गरेका छन् ।

विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी कीर्ते गरी लेखापाल नियुक्त गरिएको भन्दै बिरोध स्वरुप तालाबन्दी गरेको हो । भगवानपुर गाउँपालिका २ नहरारिगौल घर भएका जागेश्वर सिंहलाई उमेर हद नाघेपनि नियुक्ति दिएको दावी असन्तुष्ट पक्षको छ । विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय नथुनी साह र नारायण यादवको नेतृत्वमा नियमित पठनपाठनमा बाधा नपुग्ने गरी प्रशासनिक कामकाज रोक्का गर्ने उद्देश्यले तालाबन्दी गरिएको जानकारी प्राप्त भएको छ ।

विद्यालयका प्राधानाध्यापक घुरन यादवका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार पछिल्लो १५ वर्षदेखि विद्यालयमा कार्यरत सिंहलाई काममा राखिएको हो ।

अध्यक्षले दिए पत्रकारलाई कार्यवाही गर्ने धम्की

लेखापालको नियुक्तिको विषय, विद्यालय व्यवस्थापन समितिको निर्णय र तालाबन्दीको बारेमा समाचार नलेख्न समितिका अध्यक्ष सन्तोषकुमार यादवले नयाँ पत्रीका राष्ट्रिय दैनिकका सिरहा सम्वादाता मणीलाल विश्वकर्मा लाई धम्की दिएका छन । समितिकै दुई जना सदस्यको अगुवाईमा असन्तुष्ट अभिभावकहरुले विद्यालय प्रशासनमा गरेको तालाबन्दीको बारेमा सोध्दा अध्यक्ष यादवले धम्क्याउँदै भने ‘तालाबन्दीको बारेमा सामाचार लेखे तपाईंलाई कारबाही गर्छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]