२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थी जनमत संघको एकाई कमिटी गठन

Logo
प्रकाशित सोमबार, माघ २०, २०७६

न्यूजमधेश सम्बादाता
रुपन्देही,२०माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन विद्यार्थी जनमत संघले रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा एकाई कमिटी गठन गरिएको छ।

सोमबार विद्यार्थी जनमत संघका केन्द्रिय कार्यकारिणी सदस्य एवम् विद्यार्थी नेता विकाश प्रसाद लोधको प्रमुख आतिथ्यमा भैरहवा बहुमुखी क्याम्पसमा एक कार्यक्रम विच अमरनाथ केवटको अध्यक्षतामा १६ सदस्यीय विद्यार्थी जनमत संघको एकाई कमिटी गठन भएका छन।

उक्त कमिटीको उपाध्यक्षमा अशोक मौर्य ,सचिवमा राकेश यादव ,सहसचिव राम करण कुर्मि र कोषाध्यक्ष विजय कुर्मी रहेको छ।

त्यसैगरी सर्वजित यादव,जितेन्द्र कुर्मी,विजय कुमार विश्वकर्मा,काँग्रेस धवल,सुरेन्द्र पाल,विरेन्द्र सहानी,जयप्रकास चौधरी,सुनिता सहानी,पवन कुमार यादव,श्रवण हरिजन र अजय कुमार सहानी लगाइतको विद्यार्थी नेताहरु कमिटि सदस्यमा रहेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]