२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

जनकपुरधामलाई ‘वैवाहिक गणतव्य’ बनाउने उपमहानगरपालिकाको लक्ष्य

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,७फाल्गुण।जनकपुरधामलाई धार्मिक पर्यटकीय दृष्टिले विकास गर्नुका साथै‘वैवाहिक गणतव्य’को रुपमा विकास गर्ने जनकपुरधाम उपमहानगरपालिका अगाडि बढेको छ ।

धार्मिक साँस्कृतिक सम्पदाको धनी मानिने जनकपुरधाम क्षेत्रको सम्पदाको संरक्षण र पर्यटन प्रबद्र्धन गर्ने तथा उपमहानगरपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि चार बुँदे निर्णयलाई अगाडि ल्याएको छ ।

पर्यटन भित्र्याउन तथा रोक्नका लागि जनकपुरधाम पर्यटन प्राधिकरण गठन गर्ने, सम्बन्धित सरोकारवालाहरुको सहभागिता गराउनका लागि पर्यटन समन्वय समिति गठन गराउने छलफल भएको जनाइएको छ ।

छलफलमा विशेष गरी धार्मिक महत्वका साथै ‘वैवाहिक गणतव्य’को रुपमा जनकपुरधामलाई स्थापित गर्ने छ । साँस्कृतिक सम्पदा, मठ मन्दिर,कुटी मणिमण्डप, पार्क संग्राहलय तथा सम्पदाको सौन्दर्यीकरण तथा व्यवस्थापन कसरी गर्नेमा विशेष जोड दिएको हो ।

भ्रमण वर्ष २०२०मा जनकपुरधाममा बढी भन्दा बढी पर्यटकहरु ल्याउनका लागि केही सडकका बत्तीहरुलाई व्यवस्थापन गर्ने ताकि रातिमा पर्यटकहरु ती बाटोमा घुम्न बाध्य बनोस् । उपमहानगरपालिकाका अनुसार भानुचौक, शिवचौक, जानकी मन्दिर राममन्दिर, रामानन्द चौक, पिडारी चौक लगायतको बाटोमा ‘नाइट बल’ लगाएर श्रृंगार्ने कार्य हुनेछ । पर्यटकहरु ती बत्ती हेर्नका लागि एक रातमा बस्नुपर्ने वातावरणको सृजना गर्ने लक्ष्यरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]