२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

दुबई पुगे डा राउत होलि खेल्न

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

न्यूजमधेश सम्बादाता
दुबई ,२२ फाल्गुण।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को अधिवेशनमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष डा.सीके राउत दुबई पुगिसकेका छन् ।

दुबई विमानस्थलमा पुग्ने वितित्तकै गैर आवासीय मधेशी संघ यूएईको सह-अध्यक्ष मदन यादव, कोषाध्यक्ष सन्त साह, अमित शर्मा, अधिन यादव, सुरेन्द्र यादव तथा सदस्य एवम् उपाध्यक्ष जगनारायण मण्डल लगायतले भव्य स्वागत गरेका थिए ।

भोली (शुक्रबार, मार्च ६ तारिख) को आयोजना गरिएको मधेशी होली धमाका कार्यक्रममा समेत डा. राउत सहभागी जनाउने भएको छ ।

सो कार्यक्रममा गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय समिति अध्यक्ष तथा जनमत पार्टीका विदेश विभाग प्रमुख समेत रहेका ईन्जिनीयर बसन्त कुशवाहाको विशेष आतिथ्य, यस्तै, गैर आवासीय मधेशी संघ अमेरिकाका अध्यक्ष एवम् जनमत पार्टी विदेश विभागका सदस्य ईन्द्रजीत यादव, संघका कोषाध्यक्ष तथा जनमत पार्टीका विदेश विभाग उप प्रमुख ई. सुरेन्द्र नारायण यादवको आतिथ्य रहने साथै संघको क़तार समिति अध्यक्ष एवम् जनमत पार्टी विदेश विभागका सदस्य समेत रहेका ई. शम्भुनाथ साह लगायतका दिग्गज व्यक्तिहरु पनि दुबई पुगिसकेका छन् ।

गैर आवासीय मधेशी संघका सँस्थापक अध्यक्ष समेत रहेका डा। राउतले यसपाली विदेशमा रहेका तथा गैर आवासीय मधेशी संघसँग आवद्ध पदाधिकारी, सदस्यहरुसँग होली खेल्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

त्यसको लागि मधेशका दिग्गज कलाकारहरुले समेत सहभागीता जनाउँदै छ । मधेशी होली धमाका कार्यक्रम नाम राखिएको उक्त साँस्कृतिक कार्यक्रममा कलाकारहरुले आ आफ्नो प्रस्तुति दिने भएको छ ।

यता, डा सिके राउत मधेशी होली धमाकामा सहभागी हुने भएपछि विभिन्न ठाउँमा छरिएर रहेका मधेशीहरुको भारी सँख्यामा सहभागी हुने विश्वास लिइएको छ । विदेशमा रहेका मधेशीहरुको दुःख, पीडामा साथ दिने उदेश्यले गठन गरिएको छाता संगठन गैर आवासीय मधेशी संघ मधेशीहरुको लागि हितकारी कार्य गर्दै आएको छ ।

दुबई बसाईको क्रममा डॉ. राउत मधेशी प्रवासीहरुसंग भेटघाट गर्ने तथा नेपाली राजदूतबासमा समेत अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी गराईएको छ।

यस कार्यक्रममा विदेशमा रहेका मधेशीहरुको मोटो सँख्यामा उपस्थिति हुने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]