१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

पर्क स्टुडियोले निर्माण गरेका होलीको गित सार्वजानिक

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधान,२२ फाल्गुण ।पर्क स्टुडियोले पहिलो म्यूजिक भिडियो बुधवार सार्वजानिक गर्ने भएको छ । प्राचिन मिथिला मधेशको महत्पूर्ण पर्व होलीको अवसर पारेर सो म्युजिक भिडियो सार्वजानिक गर्न लागेको पर्क स्टुडियोजका संचालक एवम् म्यूजिक भिडियोका निर्देशक समेत रहेका सुमित शेखर साहले जानकारी दिएका छन ।

साहले होरीको छुट्टै पहिचान रहेकोले यसको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले सो भिडियो निर्माण गरेको हो ।पर्क स्टुडियो जनकपुरधामको प्रोडक्सनमा निमार्ण गरिएको होलीको गितमा मिथिलाका सुप्रसिद्ध गायक रविराज साह र भारतीय गायिका कल्पना पटवारीको स्वर रहेका छन ।

अजित मण्डलले रचना गरेको सजनाके रंङ्गमे रंङ्गा जइवु भन्ने बोलको गितमा मैथिली र भोजपुरी दुवै भाषा प्रयोग गरिएको हो । गितको सम्पुर्ण छायांकन जनकपुरधाममा गरिएको छ । उक्त म्युजिक भिडियो निर्माण जनकपुरधामको एतिहासिक स्थल गोपाल धर्मशालामा छायाकंन गरिएको हो ।

नृत्यले सजिएको म्युजिक भिडियो गीतमा रितेश पाटली र एन्जल गुप्ताले अभिनय गरेका छन भने गितमा नृत्य निर्देशन विशाल युगले गरेको पर्क स्टुडियोका संचालक तथा गितका निर्देशक सुमित शेखर साहले जानकारी दिए ।

सुटीङ्गका केहि दृश्य

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]