२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

कोरोनाबाट सङ्क्रमितको संख्या पाकिस्तानमा २७ सय नाघ्यो

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

न्यूजमधेश सम्बादाता
इस्लामाबाद ,२२ चैत्र । पाकिस्तानमा शनिवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २७ सय नाघेको छ ।

अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार देशभरीमा सङ्क्रमितको संख्या दुई हजार ७०८ पुगेको हो । सङ्क्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भिर रहेको मन्त्रालयले जनाएको छ ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मृत्यु हुनेको संख्या ४० पुगेको उल्लेख गरिएको छ । मृतक मध्ये सबैभन्दा धेरै सिन्ध्र प्रान्तका रहेका छन् । सो प्रान्तमा शनिवारसम्म १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

त्यसैगरी कोरोना भाइरसका कारण पञ्जाव र खैबर पख्तुनख्वामा ११÷११ जनाको मृत्यु भएको छ भने गिल्गित बाल्टिस्तानमा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बालुचिस्तानमा समेत एक जनाको मृत्यु भएको छ ।

त्यसैगरी सङ्क्रमितको संख्या भने सबैभन्दा धेरै पन्जाव प्रान्तमा देखिएको छ । पन्जावमा कोरोना भाइरसबाट एक हजार ७२ जना सङ्क्रमित भएका छन् ।

मन्त्रालयका अनुसार सिन्ध्र प्रान्तमा ८३९ जना, खैबर पख्तुनख्वामा ३४३ जना, गिल्गित बाल्टिस्तानमा १९३ जना, बालुचिस्तानमा १७५ जना, राजधानी प्रदेश इस्लामावादमा ६८ जना र काश्मिरमा ११ जना कोरोना भाइरसबाट संक्रमित भएका छन ।

सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा २५८ जना निको भएर घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]