१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

लासको राजनीति,  एमाले ले बिर्से बेखबर जोधाहा कमरेड आश्रीतलाई  :  लक्ष्मण चौलागाईं “विद्रोही”

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

जब म कम्युनिस्ट इतिहासलाई सम्झन्छु र मनमनै विश्लेषण गर्दछु। बेखबर र ओझेलमा पारिएका नेताको रूपमा देख्छु स्व. कमरेड जीवराज आश्रीत ज्युलाई।तत्कालीन मालेका महासचिव जननेता क.मदनकुमार भण्डारी संगै त्रीशुलीमा मारिएका नेता तत्कालीन मालेका संगठन विभाग प्रमुख स्व. क.जीवराज आश्रीतको नाम पूर्व एमाले खेमाले उच्चारण गरेको कहिल्यै पनि  सुनिएन।बरु बारबार मदनको नाम र जबजको बजार चलाउन एमाले खेमा कस्सिएर लाग्यो लासको राजनीति गरिरहयो।जो आज पनि माओवादी र एमालेमा देखिन्छ ।

माओवादी खेमाका प्रचण्ड सहिदको नाम बेच्छन एमाले खेमा मदनको नाम बेच्छ।
संघर्षका पर्याय आदरणीय कमरेड स्व. जीवराज आश्रीत ज्युकोको गीत भने तत्कालीन मालेले ५० सालमा केही महिना बजायो र सेतो सारीको मार्केटिङ गर्न चुकेन।त्यतिनै बेला म मेरो गाउबाट धान बोकेर साखुमा बेच्न आउदा च्यानेपाटी नजिकै  एक जना तिवारीको घरको भित्तामा नेपाली कांग्रेसले चुनावी नारा पोतेको अझै पनि मेरो स्मृति बाट हटेको छैन जहाँ लेखिएको थियो
(आँसु को राजनिती चाहिदैन रोएर कुर्सी पाइदैन ) भनेर।मदनको हत्याकाण्डमा कांग्रेस पनि आक्रोसित देखिन्थ्यो त्यतिबेला।

बरु केही महिना जनताका  भोट लुट्न र राजनितीक सत्ताको सपना देख्न एमालेले दासढुंगा भन्ने क्यासेट् बजारमा ल्यायो केही महिना र एउटा गीत भने बेस्सरी बजायो  एमालेले। त्यो मदन आश्रीतको शोकले हैन रहेछ बरु सत्ताप्यासले रहेछ भनेर आज आएर थाहा पाएं मैले।उक्त गीतको बोल थियो कि जीवराज आश्रीत ज्यु भन्नुहुन्थ्यो जहिले नी ।संघर्षको सिमा भन्ने हुन्न कहिले नि ।अनि मदनको गीत चाहिँ मदनकुमार भन्डारीज्यु भन्नुहुन्थ्यो जहिले नि ।राजनितिमा थकाई भन्ने हुन्न कहिले नि । वास्तवमा हाम्रो जीवन मृत्युको मुखमा नपुगुन्जेल निरन्तर संघर्षमा नै ब्यतित हुन्छ त्यस्तै संघर्षशील उर्जाशील राजनेता हुनुहुन्थ्यो विश्व साम्यवादका अनुयायी स्व. नेता क.जीवराज आश्रीतज्यु भने राजनितिलाई सदैव गतिशिल बनाइरहनुपर्छ थाक्नु हुन्न है भन्ने अमर संदेश दिएर जानुभयो नेताद्वय संघर्ष र राजनीतिको अर्थ र भाव छोडेर।पार्टीले नै बेवास्ता र हेला गरिएका पात्र र नेता जस्तो लाग्छ  जनताका कमरेड आश्रीतको नाम ।जो कहिल्यै सुनिएन एमालेले कहिल्यै उच्चारण नै गरेन।

बरु मदनको नाम थुप्रै भजाइयो। मदन पत्नी दुईदुई पटक डबल राष्ट्रपती भइन र अहिले पनि बहालवाला छिन। तर यिनै जीवराज आश्रीतज्युकी पत्नी आज पनि त्यही बस्तुभाउ,त्यही भकारो ,त्यही मेलापातमा आफ्नो जीवन गुजार्दै हुनुहुन्छ। उही घटनामा मारिएका मदनकी पत्नी १६ करोडको कार चढ्छिन ।एयरपोर्ट आउनजान  पनि शान्दार हेलिकप्टर प्रयोग गर्छिन। विलासितामा रम्न रमाउछिन। सेनालाई आफ्नो जुत्ता बोकाउछिन।

उनै सहयोद्दा केपी ओलीज्यु पनि यो मुलुकको डबल पिएम भए । दुई पटक यो मुलुकको गरिमामय पदको सम्माननीय प्रधानमन्त्री भए।हाल उनी पनि बहालवाला छन। प्रचण्डले पनि अहिले आफू एमाले भएसी मदनको बरु नाम लिन्छन आश्रीतको नाम लिदैनन र समाजवादी भाषण गर्छन।

जबजब निर्वाचन आउँछ यिनै केपीले दासढुंगा हत्याकाण्ड भनेर जनतालाई भ्रम छरे।जबजब ओलीज्यु सत्तामा गए दासढुंगा जीप दुर्घटना हो भने।न त मदन पत्नीले मदन आश्रीत हत्याकाण्डको हत्याराबारे खोजी गर्न चासो देखाइन न त केपी ओलीले नै तथापि मदन सम्झाउन विद्या मुलुकको गरिमामय राष्ट्रपति पदमा अझै पनि विराजमान  छिन ।

तर उनै जीवराज आश्रीतलाई सम्झन न उनको पत्नीले नै यो सरकारबाट कुनै सम्मान पाइन न त शब्दकै सद्भाव। यसर्थ एमालेले मदनको बरु सम्झना गर्यो आश्रीत कमरेडको कहिल्यै सम्झना गर्दै गरेन। यो विडम्बनालाई जनतामाझ पुर्याउनु मन लाग्यो र मदन आश्रीत हत्याकाणडको २९ औं स्मृती दिवस आउदै गर्दा मदन संगै आश्रीत कमरेडलाई एकमुष्टमा  हार्दिक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहें।धन्यवाद ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]