२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मिर्चैया मेयरको दादागिरी, राहत बितरणमा मनपरी

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

मनोज बनैता, सिरहा, २६ चैत । सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर केहि दिनदेखि सृजना भएको विवाद ले चरम सिमा नाघेको छ । स्थानिय नेता तथा बुद्धिजीवीले मेयर श्रवण यादवको राहत वितरणमा मोनोपोली भएको आरोप लगाएका छन ।

असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरि मेयर यादवको काखा र पाखा गर्ने मनोबिज्ञानको पर्दाफास गरेका छन । स्थानिय नेता कार्यकर्ता द्वारा निर्माण गरिएको सर्वदलिय समिति अनुसार मेयर यादव ले आफ्नो आसेपासेलाई राहत उपलब्ध गराएर बिपन्न वर्गमाथी ठुलो अन्याय गरेको आरोप लगाएका छन ।   मिर्चैयाका नेकपा जिल्ला सदस्य प्रदिप महासेठको अनुसार चैत २२ गते नगरपालिका को राहत कार्यक्रममा पक्षपात भएको थियो । उनको अनुसार वडा १ मल्हनिया चदरा टोलमा २५ घरधुरीमा मेयर यादवले आफ्नै मान्छेलाई दिन खोजदा बिपन्न द्लित समुदायले बिरोध जनाएका थिए ।

मेयर यादवको विभेदपुर्ण नियति देखेर नेकपा जिल्ला कमिटीका सदस्यहरु ले आ आफ्नो तर्फबाट वडा १ का १५ घरधुरीमा १० किलो चामल, २ किलो दाल, नुन, तेल लगायत अति आवश्यक राहतका सामान बितरण गर्न खोज्दा मेयर श्रवण यादवले रोकेका थिए । पत्रकार सम्मेलनमा नेकपा जिल्ला सदस्य गङ्गा महतो, राजपा नेपालका मिर्चैया नगर संयोजक अन्जय साह, तरुण दल क्षेत्रीय सदस्य धनेश्वर यादव, समाजवादी नगर अध्यक्ष रामदयाल यादव, नेपाली काङ्ग्रेस जिल्ला सदस्य कपिलदेव साह, र सिरहा ४ ख बाट निर्वाचित प्रदेश सभा सदस्य दिलिप साहलगायत ले मेयर श्रवण यादवको काम गराई प्रति असन्तुष्टि जनाएका थिए । उनीहरुको अनुसार ‘यो त सरासर मेयरको दादागिरी हो।’

सांसद साहका अनुसार राहत बाँडेर फर्किने क्रममा सोमबार मेयरका मान्छेहरु आएर अचानक बिबाद गरेका थिए । पछि बिबाद झडपको रुप लिएको थियो जसमा केही घाईते समेत भएका थिए । वडा २ को मल्हनिया स्वास्थ्य चौकीनजिक सोमबार साँझ करिब ५ बजेतिर विवाद भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]