१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

शिक्षक जनमत संघको २ सय २५ सदस्यीय समिति गठन

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

मनोज कुमार मोरबैता
जनकपुरधाम,१ बैशाख । सिके राउत नेतृत्वको जनमत पार्टीको भ्रातृ संगठनको रुपमा शिक्षक जनमत संघको केन्द्रीय तदर्थ समिति गठन गरिएको छ ।

देशमा बिग्रँदो शिक्षाको अवस्था सुधार्न तथा शिक्षकको हकहित सुरक्षित गर्न भन्दै भिडियो कन्फरेन्स मार्फत् २ सय २५ सदस्यीय समिति गठन गरिएको हो । धिरेन्द्र कुमारको संयोजकत्वमा शिक्षक जनमत संघको समिति गठन गरिएको हो ।

समितिले आवश्यक उप–समिति बनाई ६ महिना भित्र यस संघको विधान तथा घोषणा–पत्र समेत तयार गर्दै अधिवेशन मार्फत् शिक्षक जनमत संघ गठन गर्ने जिम्मेवारी यो समितिले पाएको छ ।

शिक्षा तथा पठन पाठनको गुणस्तर बढाउन, शिक्षकहरुको हक–हितको लागि संघर्ष गर्न तथा उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराउन काम गर्ने संयोजक कुमारले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]