
मनोज बनैता, सिरहा, १८ बैशाख । प्रदेश नम्बर २ का प्रदेश सभासद मदन सेन प्रसाद श्रीवास्तवले विपन्न नागरिक लगायत पैदल यात्रीलाई लक्षित गर्दै आज बिहिवार देखि आर्को बिहिवारसम्मका लागि भोजनको ब्यवस्था गरेको खबर छ । दिनको दुई छाँक (बिहान र बेलुका) भोजनको ब्यवस्था सभासद श्रीवास्तवको ब्यक्तिगत लगानीमा गरिएको जानकारी प्राप्त भएको छ ।
प्रदेशका अरु सभासदहरु लकडाउनमा ‘होम स्टे’ भएको बेला श्रीवास्तवको यो पुनित कामलाई स्थानियले सकारात्मक पहलको रुपमा हेरेका छन । सम्भवत उनी यस प्रदेशको पहिलो सभासद हुन जो ब्यक्तिगत आर्थिक लगानीमा बिहान र साझ निःशुल्क खाना खुवाउने अभियान चलाएको स्थानीय बताउछन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि त्यसको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका अवस्थालाई मध्यनजर गर्दै विहान ९ बजे देखि १ बजे सम्म , साझ ६ बजे देखि ७ः३० (साढे सात) बजे सम्म श्री राम जानकी मन्दिर सुखीपुरको परिसरमा खाना खुवाउने प्रदेश सांसद श्रीवास्तवले बताउनुभयो ।
वहाँ सिरहा जिल्लाको निर्वाचन क्षेत्र– २ (ख) बाट प्रदेश सभामा अत्यधिक मत प्राप्त गरेर निर्वाचित हुन भएको छ ।