२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

लाहानका निजी बिधालय र कलेज संबेदनहिनताको  शिखरमा

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

मनोज बनैता, लाहान, २४ बैशाख । सस्तो लोकप्रियताको लागि बेला बेला चटक नटक गर्ने लाहानका अधिकान्स निजी बिधालय र कलेज भने यतिबेला लकडाउनको मारमा रहेका शिक्षकहरु प्रती उदासीन देखिएको छ । न्युनतम तलब दिएर श्रम शोषण गर्ने शैक्षिक माफियाहरु आफ्ना श्रमजीवी शिक्षकहरूको पुस देखिको तलब नदिएको गुनासो आउने क्रम जारी छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवको अनुसार ‘लाहानका निजी विधालय र कलेजहरुमा पढाउने शिक्षकहरुले ती शैक्षिक डनहरुको विरुद्ध जान नसक्नुको कारण बेरोजगारी हो ।’

एक निजी स्कुलका शिक्षक (नाम गोप्य राख्ने शर्तमा) भने ‘हामी मध्यम वर्गीय पर्यौ हजुर, त्यसैले न हामी राहतको लागि लाईनमा बस्न सक्छौ न भिक्षा माग्न । कति पटक पृन्सिपल सरलाई फोन गरें तर उठाउनु भएन । एक दिन स्कुल गएर भेटें तर वहाँले पैसा छैन भनी रित्तो हात फर्काउनु भयो । तपाईंहरुले हाम्रो आवाज सरोकारवाला समक्ष पुर्यायदिनु पर्यो हजुर ।’

यस्ता धेरै शिक्षकहरु पृन्सिपलहरुको असम्बेदनसिलता का सिकार छन ।  कतिपय स्कुलहरु आफ्ना शिक्षकलाई दरकिनार गर्दै राहत बाँट्ने नौटङ्की गर्दै आएको एक अभिभावक सुनिल महतो ले भन्छन ।

पत्रकार देवकुमार यादवको अनुसार ‘यी डनहरुले पुरै शैक्षिक सत्रको शुल्क अभिभावक बाट असुल गरेकै छ । पठन पाठन नभएको अवधिको शुल्क फिर्ता गर भन्दा शिक्षक को तलब दिनु पर्छ भनेर पन्छिने विद्यालय किन नदिएको होला तलब ? शिक्षक को रेकर्ड सम्म दुरुस्त नराख्ने निजी विद्यालय मा ३हजार मा काम गराउने शिक्षक पनि रहेका छन । अब भन्नुस त्यस्ता शिक्षकहरुले आफ्नो जहान कसरी पाल्ने यो लकडाउनमा ?’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]