२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

दोस्रो चरणको राहत लिई यी जोडी पुगे घर घर, स्थानीय सरकार बिचार गर्दै

Logo
प्रकाशित शनिबार, बैशाख २७, २०७७

मनोज बनैता, सिरहा, २६ बैशाख । महेश र संगिताको जोडी राहत लिई घर घर पुगि बितरण गर्दैगरेको खबर छ । स्थानीय सरकार द्वारा दोस्रो चरणको राहत बितरण सम्बन्धमा छलफल चलिरहेकै बेला मनकारी महेश चौधरी र संगिता कर्माचार्यको जोडी दोस्रो चरणको राहत सामग्री लिई घर घर पुग्न थालेका हुन ।


लाहान १ (पशुपति आदर्श उच्च माध्यमिक बिधालयको दक्षिण पट्टि) मा यी जोडीले ४५ घरपरिवारलाई राहत बितरण गरेका छन । प्राप्त सुचना अनुसार विधालयको जग्गामा भाड़ा मा बस्ने, चियापसल गरी बस्ने, घर भाड़ा मा बस्ने  दैनिक ज्याल्ला दारी को काम गर्ने, कलेज़ पढ़ने बिधार्थी तथा एकल महिला,बिपन्न हरुलाई १० केजी चमाल,१ केजी आलू,१ केजी फर्सी,१ पैकेट तेल र १ केजी नून गरि जम्मा ४५ घरपरिवारलाई नेपाल महिला संघ का केन्द्रीय सदस्य संगीता कर्माचार्य ले राहत बितरण गरेकी हुन । राहत बितरणमा माखन भोग स्वीट्स, लक्की इंटरप्राइजेज, शुभलक्ष्मी र एपोलो ॐ बोर्डिङ स्कुलले आर्थिक सहयोग गरेका हुन ।

त्यसैगरी लाहान -८ हुलाक़ टोल मा भाडेदार, दैनिक जयाला दारी गरी खाने, नागरिक़्ता नभएका र नगरपालिका बाट राहत नपाएका बृध,एकल महिला,दलित तथा बिपन्न हरूलाई १० केजी चमाल,१ केजी दाल,१ केजी आलू,१ पैकेट तेल र १ केजी नून गरि जम्मा ६० घर परिवार लाई नेपाल महिला संघ का केन्द्रीय सदस्य संगीता कर्माचार्य द्वारा बितरण गरिएका छन । जसमा स्थानीय जितन यादव, ललिता यादव र एपोलो ॐ स्कुलले आर्थिक सहयोग गरेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]