२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

मधेश ईन्जिनियर्स एसोसिएसनको बागमती प्रदेश कार्यसमिति गठन ईन्चार्जमा यादव

Logo
प्रकाशित शनिबार, बैशाख २७, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२७ बैशाख । मधेश ईन्जिनियर्स एसोसिएसनको बागमती प्रदेशको कार्यसमिति शुक्रबार गठन भएको छ।

विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरसको जोखिमबाट जोगिनकोलागि नेपाल सरकारले लगाएको लक डाउनलाइ मध्यनजर राख्दै शुक्रबार अनलाईन भिडियो कन्फ्रेन्सबाट समिति गठन गरिएको हो । ईन्जिनियर सितेश यादवको नेतृत्वमा ३५ सदस्यीय मधेश ईन्जिनियर्स एसोसिएसन बागमती प्रदेशको कार्यसमिति गठन गरिएको एसोसिएसनका केन्द्रिय अध्यक्ष ई संजिव नारायण यादवले बताए ।

बागमती प्रदेशको इन्चार्जमा ई .सितेश यादव र सह-इन्चार्जमा ई रामपृत मण्डल चयन भएको समितीको अध्यक्षमा ई.स्तुति झा रहेको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा ई शैलेन्द्र यादव, उपाध्यक्षमा ई.पुरुषोतम लाल कर्ण, ई राकेश यादव ,ई दिपेश साह,ई आशिष कुमार सिंह महासचिवमा ई. बालबोध यादव ,सचिवमा ई. बिजय प्रसाद साह,ई गणेश कुमार यादव ,ई नरेश महतो,ई मिथलेश देव,ई अरुन कुमार यादव, कोषाध्यक्षमा ई.अंजली केशरी , सह–कोषाध्यक्षमा ई.डिम्पल गुप्ता छन् ।

समितिको मिडिया संयोजकमा ई. मनोज कुमार यादवलाई चयन गरिएको छ ।

त्यसैगरि प्रदेश सदस्यमा ई.गोबिन्द यादव,आशिष पाठक ,ई.विजय कुमार यादव,ई.लक्ष्मी साह लगाइतका इन्जिनियरहरु समितीमा रहेको छ।

समितिमा बागमती प्रदेशको विभिन्न जिल्लामा कार्यरत रहेका ईन्जिनियरहरुको यो छाता संगठन हो।यस संगठनमा इन्जिनियर्रिंग पढेका व्यक्तिहरु मात्र जुडन सकिने एसोसियनका केन्द्रीय अध्यक्ष ई संजिव नारायण यादवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]