२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सोमबार पनि बलानबिहुलमा खाद्यान्न बितरण जारी, स्थानीयको मिश्रित प्रतिक्रिया

Logo
प्रकाशित सोमबार, बैशाख २९, २०७७

मनोज बनैता, सप्तरी, २९ बैशाख । बलानबिहुलमा राहत बितरण प्रक्रिया ले गति लिएको छ । सोमबार बिहानै देखि वडा -१ मा बितरण भईरहेको स्थानीय पत्रकार रासिन्द्र यादवको रिपोर्ट रहेको छ । वडा अध्यक्ष बैजनाथ यादवको कडा निगरानीमा हुँदै गरेको खाद्यान्न बितरणमा सहजीकरण को लागि स्थानीय नेता रामेश्वर यादव ले सामानान्तर सहयोग गरेको बुझिएको छ ।

उता योजनाप्रमुख रमेश मरिक यादवले समाजिक दुरी स्थापित गर्न प्रहरी हवलदार अजय कुमार झा को सुरक्षाकर्मी टोलीलाई साथ सहयोग गर्दै गरेको पत्रकार द्वय रासिन्द्र यादवले जानकारी दिए ।

लकडाउन को २ महिना बितिसक्दा बल्ल शुरु भएको राहत बितरण ले बलानबिहुल गा.पाका स्थानीयको भिन्न भिन्न प्रतिक्रिया रहेको छ । केही ले अरु गा.पा द्वारा दोस्रो चरणको तयारी भईरहदा यहाँ बल्ल प्रथम चरणको राहत बितरण हुनुलाई गा.पा को सुस्त कार्यशैली भनेर टिप्पणी गरेका छन भने अन्यले जे भएपनि राहत ले छाँक टार्न सहज भएको भन्दै सन्तुष्टि ब्यक्त गरेका छन ।

वडा १ का एक स्थानीय महिला सुजिता देवी ले भनिन ‘उहिले देखि राहतको पर्खाईमा थिए ढिला भएपनि आयो खुशी लाग्यो ।अर्को राहत बितरण छिट्टै आओस मेरो यहि हो चाहना ।’ अर्का एक महिला मुनरी देवी ले भनिन ‘ बौवा ई चाउर कते दिन चल्तौ १२ आदमी के परिवारमे ?’ उनी चामल थोरै भएकोले अरु चामल छिटै बाँड्न आग्रह समेत गरिन ।

नामावली संकलनमा ढिलाईको कारणले यस्तो अवस्था आएको भन्दै बिधिवत रुपमा राहत वितरण हुँदैगरेको गा.पा अध्यक्ष दयानन्द गोईतको दावी रहेको छ । गोईतले आजै वडा ३ मा पनि खाद्यान्न बितरण शुरु गरिने जानकारी दिएका छन । उनले राहत सामग्री सबै वडा कार्यालयलाई हस्तान्तरण गरिएको हुँदा १/२ दिनमै बितरण प्रक्रिया पूरा हुने जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]