२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

पत्रकार साहद्वारा कृषि टेलिभिजन विरुद्ध उजुरी, मधेशी हेप्न पाईदैन

Logo
प्रकाशित बिहिबार, जेठ ०८, २०७७

मनोज बनैता, सिरहा, ८ जेठ। कृषि टेलिभिजनमा मधेसी समुदायलाई हेप्ने गरि संचालन हुँदै आएको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रम विरुद्ध पत्रकार विपी साहले नेपाल प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन । नेपालमा ख्याति कमाएका ‘हुलाकी न्युज डट कम’ का संचालक विपी साहका अनुसार कृषि टेलिभिजन द्वारा प्रसारित उक्त कार्यक्रममा मधेसी समुदायको भाषा, भेषभुषा, लवज, शारीरिक रंग, खानपिन माथि सांकेतिक रुपमा घृणा फैलाउने र होच्याउने काम भएको हो ।

पत्रकार साहले उक्त टेलिभिजन माथी कारवाहीको मांग गर्दै उजुरी दिएका हुन ।  जानकारी अनुसार उनको अनलाइन उजुरीको दर्ता नम्बर २४ सय ७७ रहेको छ । संविधानत: कुनै पनि समुदायलाई उनको भाषा, भेषभुषा र रंगको आधारमा होच्याउन नपाउने ब्यवस्था रहेको छ । यद्यपि राष्ट्रिय मिडिया भनाउदाहरु बारम्बार यस्ता घृणित कार्य गर्दैआएको अधिकान्स मधेसी युवाहरुको आरोप रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]