१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

मनकारी जोडीलाई गुप्ता परिवारले गरे स्वागत, आशीर्वाद दिदै मानव कल्याणमा लागी रहन सुझाव

Logo
प्रकाशित मंगलबार, जेठ १३, २०७७

मनोज बनैता, सिरहा, १३ जेठ । देशैभर निकै चर्चा कमाएका महेश चौधरी र संगिता कर्माचार्यलाई लाहान २३ मा भव्य स्वागत गरिएको छ । लकडाउनभरी राहत सामग्री वितरण गरिरहने चौधरी र कर्माचार्यलाई लाहान २३ गाढाका प्रमेश्वर साहु गुप्ता र उनकी पत्नी पार्वती देवीले भव्य स्वागत गरेका छन । यी जोडीको कार्यलाई उच्च सम्मान गर्दै खाजा खुवाई र खाँदा ओढाई सम्मान गरेका हुन । खाँदा स्वरुप मधेशका भेषभुषामा पर्ने ‘गमछा’ ओढाई स्वागत गरेका छन ।

राहत वितरण कै सिलसिलामा लाहानको गाढा गएको बेला प्रमेश्वर साहु र पार्वती देवीले चौधरी दम्पतीको कामलाई सराहना गर्दै उक्त सम्मान गरेका हुन । आफू मधेशवादी आस्था संग जोडिएको भएतापनी राम्रो काम गर्नेको उच्च मुल्यांकन हुनु पर्ने भन्दै पार्वती देवीले उनीहरुलाई खाजा खुवाई उत्तरोत्तर प्रगतिको लागि आशिर्वाद समेत दिएकी छिन ।

उता महेश चौधरीले साहु गुप्ता परिवार प्रति कृतज्ञता व्यक्त गर्दै भने ‘हामी प्रमेश्वर जी र पार्वती जी प्रति सदैव आभारी रहने छौँ । हामीलाई वहाँहरुको प्रोत्साहनले गर्दा अझ बढी हौसला बढेको छ । हामी अगामी दिनमा अझ नयाँ उर्जाको साथ समाजसेवामा प्रतिबद्ध हुने विश्वास दिलाउन चाहन्छौं ।’ साजसेवीलाई मान सम्मान गर्ने गुप्ता दम्पती नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्र. गुप्ताका मातापिता हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]