२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मेयर साहको सकारात्मक कदम, नगर बिकासमा “नहर उकास” जरुरी

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

मनोज बनैता, लहान, १५ जेठ ।  लकडाउनको समय उपयोग गरी लहान नगरपालिका धमाधम सडक निर्माण र नहर उकासमा जुटेका छन । लाहानमा सिचाँईको लागी कैयौं वर्ष अगाडि खनिएका नहर अत्तिक्रमण गरि बनाईएका पर्खाल तथा टहराहरु भत्काईदै पुनः नहर खन्ने काम ले तिब्रता पाएको छ ।

लहान नगरपालिका -३ मा कुशवाहा चौकदेखी बलान खोला सम्म  नाला उकास शुरु भएको जानकारी प्राप्त भएको छ । हल्का वर्षामा पनि पानी जम्ने साथै नगर भित्र रहेका किसानको बालीनाली समेत नष्ट हुने व्यापक गुनासो पछि नहर खन्न थालिएको नगर प्रमुख मुनि साह सुडीले जानकारी दिए । प्रत्येक वर्ष हुने अत्याधिक वर्षाका कारण गाउँ लगायत कैयौं बिघा जग्गा डुबानमा पर्ने गरेका छन् । मेयर साह दैनिक रुपमा काम चलिरहेको ठाउँमा आफैं पुगी निरिक्षण गर्दैगरेको स्थानीय बताउँछन् ।

नहर उकास तथा सडक निर्माणमा लाहान- ३ का वडा अध्यक्ष राम दयाल महतोलगायत वडा सदस्यहरु दिनरात खटेको जसपा का युवा नेता ललित नारायण महतोले जानकारी दिएका छन । जनगुनासो लाई सम्बोधन गरि भईरहेको नहर उकासलाई विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले सकारात्मक लिएका छन । उकासिदै गरेको नहर बलान नदिमा जोडीने एक स्रोतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]