१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

लहानमा कोरोना कहर, मेयर मुनी बेखबर ?

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

दिनेश्वर गुप्ता, लहान, १९ जेठ । सिरहामा कोरोना संक्रमण संख्या बढ्दै गएपनि स्थानीयतहले आवश्यक जिम्मेवारी वहन नगरेको गुनासो आउँन थालेको छ । यसमा पनि लहानको अवस्था खुलमखुला रहँदा मेयर मुनी साह गर्दै छन् त ? व्यापक प्रश्न उठ्न थालेको छ ।

सामाजिक संजाल फेसबुकमा मनोजकुमार यादव लेख्छन् — कोरोना संक्रमण रोकथाम गर्न लहानमा प्रहरी प्रशासनको मात्र जिम्मा छ जस्तो लाग्छ । जनप्रतिनिधिको जिम्मेवारी छैन । लकडाउन खुकुलो हुनुको कारण जनप्रतिनिधि हो । प्रहरी हैन उल्लेख गरेका छन् ।

रेडियोकर्मी फिरोज शेखले आज मात्र लहानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान ५ स्थित तरकारी बजारमा भिड् रोकिएको छैन । यस्तो संक्रमणको अवस्थामा आज लहानको नयाँ बजारमा सयौको भिड्मा तरकारी हाटबजार लागेको छ । अवस्था हेर्नुस् । के भन्नु हुन्छ ? उनले फोटोसहित स्टाटस लेखेका छन् ।

पार्वती सुब्बाले नेपालमा के भन्नु अमेरिका, इटली अनि स्पेनमा पनि अटेरी मान्छे धेरै रैछन् । लाग्छ अब मान्छेहरुलाई मृत्युसंग पनि डर लाग्न छाडेको छ उनीले फेसबुकमा स्टाटस् लेखेका छन् ।
लहान ७ का वडाध्यक्ष राकेश रोशन गुप्ता लेख्छन् — हामी नसुध्रे प्रहरी र जनप्रतिनिधिसंग जादुको छडी छैन । प्रहरी जनप्रतिनिधी कराईरहन्छ बुझ्ने पढेलेखेका महानुभावहरु खितितिती हाँसेर मजाक बनाई रहन्छन् । अहिले सचेत नभए कोरोनाले धेरै जनाको बलिदानी लिन्छ उनले सामाजिक संजालमा लेखेका छन् ।
कोरोना संक्रमण बढेपनि यसलाई रोकथाम गर्न लहान नगरपालिकाका मेयर मुनी साहले खासै कार्यक्रमहरु अघि नबढाएको जनता समाजवादी पार्टीका लहान नगर अध्यक्ष भोगेन्द्र पासमानको दावी छ । लहान नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापन गरेको छ । क्वारेन्टाइनमा तातो पानीको अभाव रहेको छ ।

नगरपालिकाले साबुन पानीले हात धुनको लागि बजारक्षेत्रमा राखिएको टंयाकीमा पानी नरहेको पत्रकार रवीन्द्र श्रेष्ठले सामाजिक संजालमा स्टाटस् लेखेका छन् । नगरपालिकाले आफ्ना जनतालाई व्यवस्थापन गर्न नगरसिमाभित्र विशेष प्रहरी खटाउँनुपर्ने । प्रचारप्रसारमा व्यापकता गर्नुपर्ने । वडा वडामा स्वास्थ्य व्यवस्थापनको कार्य सक्रिय पार्नुपर्ने । गरिब विपन्नवर्गको लागि दोस्रो चरणको राहतको व्यवस्थापन गर्नुपर्ने । घर घर खाद्यान्नको लागि कार्य थालनी गर्नुपर्ने । दैनिकी नगरको कार्य व्यवस्थावारे बुलेटीन जारी गर्नुपर्नेलगायतको कार्य अघि नबढेको जनगुनासो छ । लहानमा कोरोना संक्रमण सँख्या ८ पुगेको छ भने जिल्लाभरी २५ जनामा कोरोना संक्रमण रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]