१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

नागरिकता प्रावधानबिरुद्व जनमत पार्टीद्वारा विशाल विरोध प्रदर्शन

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

न्यूजमधेश सम्बादाता
भैरहवा, १५ असार । नेकपा नेतृत्वको संघीय सरकारले ल्याउन लागेको ७ बर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानबिरुद्व डा. सिके राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीद्वारा सोमबार भैरहवामा विरोध प्रदर्शन गरेको छ ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित श्री राम जानकी हनुमान मन्दिरबाट सुरु भएको विरोध र्‍याली नगरका विभिन्न स्थान हुँदै मिलनचोकमा कोणसभामा परिणत भएको पार्टीका रुपन्देही जिल्ला इञ्चार्ज रामकेश गुप्ताले बताए ।

विरोध र्‍यालीमा सहभागिहरुले नागरिकता संशोधन विधेयक खारेज गर, कम्युनिष्ट सरकार मुर्दावाद, नागरिकताबाट वञ्चित गर्न पाइंदैन लगायतका नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र यादवले सरकारले मधेशी जनतालाई नागरिकताबाट वञ्चित गर्न खोजेको बताए । उनले अहिलेको समयमा पनि नागरिकता पाउनुपर्छ भनेर आवाज उठाउनुपर्ने स्थिति बाध्यतावशः भएको बताए ।

कोणसभामा पार्टीका नेताहरु दिलिप यादव, चन्द्रशेखर सोनार, संजय कुमार मिश्र, विकास प्रसाद लोध, निधिलाल लगायतले बोल्दै नागरिकता संशोधन विधेयक खारेज नगरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । शिवचरण केवटको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]