१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर मेसिन सञ्चालन

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

न्यूजमधेश सम्बादाता
रुपन्देही ,१६ असार। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर मेसिन जडान गरी आजदेखि सञ्चालनमा आएको छ । मेसिन जडान भएसँगै प्रदेश नं ५ मा कोरोनाको परीक्षण तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ ।

प्रदेश नं ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले मेसिनको शुभारम्भ गर्दै प्राविधिक रुपमा गर्नुपर्ने काम अस्पताल र अस्पतालका कर्मचारीले गर्नुपर्ने तथा अस्पतालका लागि चाहिने आवश्यक स्रोतसाधन सरकारले जुटाउने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोरोना परीक्षण गर्न अस्पतालको स्तरोन्नतिका लागि उपमहानगरपालिकाले हातेमालो गरेर अगाडि बढेको बताउनुभयो । प्रयोगशालाविज्ञ पुष्पराज खनालले प्रयोगशालामा राज्यको लगानी धेरै हुन नसकेको अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालले शुरु गरेकोे पिसिआर परीक्षणले कोरोनाको निदानमा सघाउ पु¥याउने विश्वास गर्नुभयो ।

अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले मेसिन जडान भएपछि अब कोरोना परीक्षण शुरु गरिने जानकारी दिनुभयो ।

प्रादेशिक अस्पतालमा जडान गरिएको पिसिआर मेसिन रु एक करोड ३० लाखमा खरीदका लागि प्रदेश नं ५ सरकारले रु ६० लाख सहयोग गरेको छ भने बाँकी अस्पताल विकास समितिले लगानी गरेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको परीक्षणका लागि मेसिन नहुँदा चिकित्सक र अस्पतालमा कार्यरत कर्मचारी जोखिममा थिए ।

मेसिन जडानपछि बिरामीको पिसिआर परीक्षण गर्न सकिने र उपचारका लागि ढुक्क होइन अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा राजेन्द्र खनालले बताउनुभयो ।

अस्पतालमा जडान गरिएको मेसिनबाट अस्पतालमा उपचारका लागि आउने बिरामीको परीक्षणलाई पहिलो प्राथमिकता दिइने छ । यसका अलावा प्रदेश प्रयोगशालामा परीक्षण हुन बाँकी रहेका स्वाब परीक्षण गरिने डा खनालले बताउनुभयो ।

अस्पतालको सुधारका लागि प्रयोगशालालाई अत्याधुनिक र स्तरीय बनाउन आवश्यक रहेकाले सोही कार्यमा लागेको अस्पतालका अध्यक्ष भट्टराईले बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सचिव निर्मल जिसी, नेपाली कांग्रेसका विमलराज भट्टराई, नेपाल पत्रकार महासङ्घ प्रदेश उपाध्यक्ष भरत केसीलगायतले प्रयोगशाला सञ्चालनले कोरोना परीक्षण थप प्रभावकारी हुने विश्वास गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]