२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

प्रेस मञ्च सिरहाको कार्यकारी अध्यक्षमा सिंह

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

सिरहा, २१ असार । सिरहाको लाहानमा बसेको प्रेस मञ्च नेपाल को बैठकले विभिन्न अनलाईन तथा रेडियोमा कार्यरत कृयाशिल एवं कर्मठ पत्रकार महेश सिंह महतोलाई कार्यकारी अध्यक्षको लागी चयन गरेको छ। लाहानको मुटुमा स्थित पशुपति आदर्श उच्च माध्यमिक विधालयको प्राङ्गणमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर प्रशाद गुप्ता ले बोल्दै भने “प्रेस मञ्च नेपालमा आबद्ध सञ्चारकर्मीले प्रेसको मर्यादा एवं सामाजिक उत्तरदायित्वलाई खयाल गर्दै प्रेस जगतलाई देशको मेरुदण्ड बनाउनु पर्छ ।” अध्यक्ष गुप्ताले कार्यकारी अध्यक्ष सिंहलाई बधाई पनि दिए ।

उता प्रेस मञ्च नेपालका सिरहा अध्यक्ष मनोज बनैताले भने ” अहिलेको अवस्थामा प्रेस मञ्चलाई अझ जनमुखी बनाउन शिक्षित युवा पत्रकारहरूको भुमिका अहम हुनुपर्छ।” बनैताले कार्यकारी अध्यक्ष सिंहलाई शुभकामना दिदै पत्रकारीता क्षेत्रलाई अझै बढी उत्तरदायी बनाउन आग्रह समेत गरे ।

शनिबार बसेको उक्त बैठकले पत्रकारिता क्षेत्रलाई बदनाम गराउन लागेका केही तत्वलाई पहिचान गरी कार्यवाही समेत गरेको छ । बिना कसैको जानकारीको एकलौटी ढंगले केन्द्रिय शाखा तथा शाखा सिरहाको कार्यालय संचालन गर्ने, बारम्बार बसेको बैठकमा अनुपस्थित हुने , पत्रकारिता नगरी विभिन्न अबैधानिक पेशामा लागि आय आर्जन गर्ने, पत्रकारिता को नाममा कालोबजारी तथा जग्गा खरिद बिक्रि गर्ने, मोटरसाइकलमा प्रेस लेखाइ सर्वसाधारणलाई आतंकित गर्ने लगायतका कार्यमा संलग्न लाहान २२ का गोपाल प्रशाद गुप्ता रौनियारलाई कार्यवाही गरेको छ । रौनियारले बारम्बार प्रेस जगतको नामलाई धमिल्याउने प्रयास गरेको हुनाले उनलाई यस संगठनको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ ।

साथै, प्रदेश २ मा गत शनिबार पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै प्रेस मञ्च नेपाल ले बिरोध जनाएका छन । पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै प्रेस मञ्च नेपाल सिरहा कार्य समितिले बिरोध गरेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । पुर्वमन्त्री यादवको नक्कली फेसबुक […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]