२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

अस्पतालको स्तरोन्नति र जग्गा नामसारी मेरो पहिलो प्राथमिकता : अध्यक्ष महतो

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७

मनोज बनैता
असार २७, लहान। लामो समय देखि रिक्त रहेको रा.उ अस्पताल समितिका अध्यक्षमा रोहित महतो मनोनयन भएको छ । लाहान ३ स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा  प्रदेश नं २ काे समाजिक विकास मन्त्रालयकाे मन्त्री परिषदकाे निर्णयवाट महताे मनोनित भएका हुन ।

समितिमा अध्यक्ष महतो, गाेपाल गुप्ता, पाराे देवी पासवान लगायत दाता परिवार वाट अशाेक मुरारकालाई मनाेनयन गरिएको जानकारी प्राप्त भएको छ । अध्यक्ष महतोको अनुसार सम्पुर्ण समिति सदस्यले शुक्रबार पदभार गरेका थिए । महताेले आफुनिर अस्पतालको नाममा जग्गा नामसारी र अस्पतालको स्तरोन्नति प्रमुख चुनौती रहेको बताए । उनले आफ्नै कार्यकालमा १०० वेडकाे सुविधायुक्त अस्पताल बनाउने प्रतिबद्धता जाहेर गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]