२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

महिलाको झगडामा मुछेर वडा अध्यक्षलाई फसाउने षड्यन्त्र

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

मनोज बनैता
सिरहा, २८ असार । लाहान १३ स्थित भोटियाटोल नयाँ बस्तीमा केही दिन अगाडि भएको झगडामा एक वडा अध्यक्षलाई षड्यन्त्रपुर्वक फसाउन लागेको स्थानीयको गुनासो रहेको छ ।
महिलाहरू बिच भएको सामान्य विवादमा त्यहीँ बसोबासगर्ने सुखीपूर नगरपालिका ४ का वडाध्यक्ष राम लोभित यादवलाई मुछ्ने खेल भईरहेको स्थानीयले बताए ।

स्थानीय ममता यादव र वडाध्यक्ष यादवकी बुहारी रीता यादव र रेखा यादव बीच भएको लछारपछारमा सामान्य रुपमा घाइते भएकी ममता यादवलाई अध्यक्षले तत्कालै ६० हजार उपचार खर्च दिएको थियो । टोलमा प्रायजसो झगडा मिलाउन प्रयास गर्ने अध्यक्ष यादवलाई उल्टै फसाउने षड्यन्त्र भईरहेको त्यहीँका स्थानिय कृष्ण शर्मा र रागनी सिंह दुनुवारको भनाई रहेको छ । राजनैतिक पुर्वाग्रहको शिकार बनी आफुबाट दश लाख रकम मागेको र नदिए चरित्रहत्या गरिदिने धम्की ममता यादवबाट आएको अध्यक्ष यादवले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन ।

महिलाहरू बिच भएको झगडाको बेला आफू उपस्थित पनि नरहेको भन्दै आफू माथि छल भईरहेको अध्यक्ष यादवको असन्तुष्टि रहेको छ । समाजको झगडा मिलाउने माथि नै अनेक आरोप लाग्नु कुन्ठित मानसिकता भएको भन्दै पत्रकार सम्मेलनमा उपस्थित लहान २२ का वडाध्यक्ष विन्देश्वर यादवले गुनासो गरे । उनको अनुसार ममता यस अघि पनि विभिन्न बहानामा छिमेकी संग झैझगडा गरेकै हो अहिले आएर उनी राजनैतिक छवि भएका ब्यक्तितवलाई बिनाकारण फसाउन खोजेकी हुन । पत्रकार सम्मेलनमा उपस्थित लहान १३ का वडाध्यक्ष इश्वर वस्नेत ले समेत ममताको षड्यन्त्रलाई चिर्नु पर्ने आवश्यकता रहेको औल्याए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]