२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

प्रतिकुल मौसमका बावजुद प्रधानमन्त्री ओलीको पक्षमा उत्रिए सैकडौं लाहानवासी

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

मनोज बनैता
सिरहा, २८ असार । मधेश आन्दोलनको उद्गम भूमि सिरहाको लाहानमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादको कारणले गर्दा लाहानका सैकडौ कार्यकर्ताहरुको अगुवाइमा शनिबार जूलूस निकालिएको थियो ।

पार्टी भित्रको निरन्तर बिवाद ले गर्दा देशैभर प्रदर्शन तथा भेला हुने कार्य जारी छ । मधेश आन्दोलनको मेरुदण्ड मानिने लाहान नगरका हजारौं ओली समर्थकहरुले प्रधानमन्त्री ओलीको पक्षमा नाराबाजी गरेका थिए ।

नागरिक समाजका युवा नेता रियासत लिमि मुन्नाको संयोजन तथा मोहम्मद इसराइल सिद्दिकी , इशा शेख ,जिब्रिल शेख लगायतका युवाहरुको सहयोगमा लहानमा प्रदर्शन भएको छ ।   राष्ट्रिय झण्डा र ओलीको तस्विर सहितका प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा उत्रिएका थिए । समर्थकहरुले लिपुलेक हाम्रो हो, सरकार ढाल्न पाइँदैन, राजनीतिक स्थिरता चाहियो जस्ता नारा लगाउँदै लहान बजारको विभिन्न स्थानको परिक्रमा गर्दै प्रदर्शन गर्दै लहानको सहिद चौकमा कोण सभा गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । पुर्वमन्त्री यादवको नक्कली फेसबुक […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]