२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

नरैनापुरका गाउँ डुबानमा

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

न्यूजमधेश सम्बादाता
बाँके, २३ श्रावण । एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् ।

बाँधले प्राकृतिक बहाव रोकेपछि बर्सेनी जिल्लाको पूर्वीदक्षिण सीमावर्ती गाउँहरु डुबानमा पर्दै आएका हुन् । भारतले कटकुइयादेखि पश्चिमतर्फ विस्तार गरेको सडकजस्तो बाँधले उत्तरबाट दक्षिण बग्ने पानीको निकास थुनेको छ । “बर्खा शुरु भएपछि त्रास मै बाँच्ने गरेका छौँ, जीउने मर्ने ठेगान छैन, नरैनापुर गाउँपालिका–१ महतनियाकी ७० वर्षीय साबिरा सिखानीले भन्नुभयो, “पानी परेको दिन कोठामा पानी भरिन्छ ।” उहाँका अनुसार चारैतिरबाट जम्मा भएको पानी आँगनमा जम्मा हुन्छ । गाउँले घरबाट निस्कन पाउँदैनन् । छत हुनेहरु छतमा बसेर गुजारा चलाउँछन् । घरबाट निस्कनसमेत पाउँदैनन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारतले दशगजासँग जोडेर बनाएको बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँका १०० बढी घर डुबानको जोखिममा रहेको बताउनुभयो । लक्ष्मणपुर बाँध र कलकलवाका कारण अहिलेसम्म त्यस क्षेत्रमा चार हजार बिघा बढी खेतीयोग्य जमीन मरुभूमि भइसकेको लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिका कार्यवाहक अध्यक्ष राजकुमार शुक्लाले बताउनुभयो ।

लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिका कार्यवाहक अध्यक्ष शुक्लाले भन्नुभयो, “सरकार भारतसँग कुरा उठाउन सक्दैन । अन्तरराष्ट्रिय कूटनीतिक पहल भएको देखिएन ।” भारतले एकतर्फी बनाएको लक्ष्मणपुर बाँध १४ ढोका छन् र भारतको मनौला पुर्वा गाउँदेखि लक्ष्मणपुर कलकलवा तटबन्धले गर्दा पूरै गाउँ डुबानमा पर्दै आएका छन् ।

पछिल्लो वर्षदेखि दशगजामा विस्तार गरेको सडकजस्तो बाँधले जिल्लाका दक्षिणी भेगका सबै मानिस डुबानको जोखिममा छन् । उहाँले भन्नुभयो, “यसबारे गुनासो गरिरहेका छौँ । सरोकारवालाहरु हाम्रो कुरा सुन्दैनन् ।” लामो समयपछि नेपालगञ्ज क्षेत्रमा पानी परेको छ । भारतले दशगजामा बनाएको बाँधले पानीको प्राकृतिक बहाव रोकिदिएर नेपालगञ्जसमेत डुबानमा पर्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]