२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मिर्चैया नगरपालिका भ्रष्टाचारको अखाडा भन्दै स्थानीय आन्दोलित

Logo
प्रकाशित शुक्रबार, भाद्र २६, २०७७

सिरहा, २६ भदौ ।  मिर्चैया नगरपालिकाविरुद्ध  विभिन्न राजनीतिक दल सम्मिलित गठित सर्वदलीय संयुक्त संघर्ष समितिले शुक्रबार मिर्चैयामा प्रदर्शन गरेको छ ।  नगरपालिकामा व्यापक अनियमितता र भ्रष्टाचार भइरहेको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रेका हुन् ।

हजारौंको संख्यामा सहभागी प्रदर्शनकारीहरुले मिर्चैयाको विभिन्न भागमा र्याली प्रदर्शन गरेका छन् । मिर्चैयाको संस्था चोकबाट निस्केको र्याली विभिन्न भागको परिक्रमा गर्दै कटारी चोकमा कोणसभामा परिणत भयो ।

निषेधाज्ञाका कारण प्रहरीले बढी समयसम्म कोणसभा गर्न नदिएपछि २० मिनेट जतिमै कोणसभा सकाइएको थियो । कोणसभामा वक्ताहरुले सार्वजनिक सम्पत्तिमा अनियमितता तथा लोकतन्त्रमा राजतन्त्रको दृश्य सह्य नरहेको र नगरपालिकामा यसले सीमा नाघिरहेको भन्दै लकडाउनका बीच पनि सडकमा आउन बाध्य हुनुपरेको बताए ।

नगरपालिकाका मेयर श्रवण यादवले भ्रष्टाचारमा लिप्त भएर नगरपालिकाको भविष्य धरापमा पार्दै गएको तत्कालिन राजपाका नगरध्यक्ष अंजय साहले आरोप लगाए । खराब प्रवृत्तिको विरुद्धमा बोल्दा मेयरले विपक्षीलाई सताउने काम गरिरहेको समेत उनको आरोप छ । अब चुप नबस्ने भन्दै उनले मेयर सच्चिनुपर्ने धारणा राखे ।

नगरप्रमुखद्धारा भइरहेको पदको दुरुपयोग र गैर जिम्मेवार कार्यले लोकतन्त्रको बद्नामी भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रामप्रताप साहको आरोप छ । मिर्चैया नगरपालिकाका मेयर यादवको निर्देशनमा नगरपालिकाले नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सूचनाहरु लुकाएर चरम भ्रष्टाचार गरिरहेको कांग्रेसका नगर सभापति रमेश न्यौपानेको भनाइ छ ।

पदिय मर्यादालाई दुरुपयोग गर्दै मेयर यादवले नीति, नियम तथा ऐनलाई अपव्यख्या गरेर भ्रष्टाचार गर्ने गरेको भक्ताहरुको भनाइ थियो । संघर्ष समितिले आउँदो भदौ २८ गते राघोपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दैछ भने असोज २ मा आन्दोलनको समिक्षा गर्दै आउने दिनको आन्दोलनका प्रारुप तय गर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]