२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

बरियारपट्टी गाउँपालिका भ्रष्टाचारको अखाडा बन्दै, बिना निर्णय करोडौं रकम निकासा

Logo
प्रकाशित शनिबार, भाद्र २७, २०७७

सिरहा, २६ भदौ । सिरहाको दक्षिणवर्ती गाउँपालिका बरियारपट्टी भ्रष्टाचारको अखाडा बन्दै गएको स्थानीयको व्यापक गुनासो रहेको छ । बिना कुनै बोर्डको निर्णय गा.पाका प्रमुख प्रशाकिय अधिकृत अशोक कुमार सिंहले अध्यक्ष बाहेकका अन्य जनप्रतिनिधि र कर्मचारीको सेटिङमा करोडौं  रकम कुमल्याएको खबर छ ।

कार्यालय ब्यवस्थापन, पंखा, हिटर, मेसिनरी औजार, सिसिटिभी लगायतका विधुतिय सामग्री, स्वास्थ तथा वडा कार्यालयहरुको लागि खरिद भएको विधुतिय हाजिरी, सोलार ब्याट्री तथा ईनभर्टर, फर्निचर आदिको खरिद गर्दा समेत बोर्ड बैठकबाट पास नगराई मनपरि ढंगले खरिद गरिएको अधिकान्स स्थानीय युवाहरूको आरोप रहेको छ ।

त्यसैगरी, विधालयको सुचना प्रणाली तथा सफ्टवेयर संचालन, कर्मचारी तालिम, पुस्तक तथा सामग्री, मसलन तथा कार्यालय सामग्री, सबारी साधन मर्मत लगायतका खर्च समेत पारदर्शी नभएको स्थानीय जिबछ यादवले बताएका छन । यादवको अनुसार सुचना दिन कन्जुस्याइँ गर्नु नै यस पालिकाको वास्तविकतालाई झल्काउछ । यसले यो प्रष्ट हुन्छ कि यो गाउँपालिका भ्रष्टाचारको अखाडा बन्दै गईरहेको छ । ‘कुन शिर्षक मा कति खर्चा गरेको’ सोको विवरण समेत अधिकृतले दिन नसकदा गाउँसभामा ढिलासुस्ती भएको अध्यक्ष सन्तोष कुमार महतोले बताए । उनीमाथि लगभग २ करोड हिनामिना गरेको आरोप रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । पुर्वमन्त्री यादवको नक्कली फेसबुक […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]