११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ पुस। नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन। गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो। विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित हुनुपर्ने विद्यार्थी अहिले पाठ्यक्रम ९नयाँ वा पुरानो० टुंगो नलाग्दा पढाइ कहिले सुरु हुने भनेर छटपटिनुपरेको छ।

सरकारको निर्णयबमोजिम यस वर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्नरगराउन पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पारित गर्नासाथ विवाद उत्पन्न भएको थियो। कक्षा १ मा खासै असर नपरे पनि कक्षा ११ को पाठ्यक्रमलाई लिएर भने विवाद उत्पन्न भएको हो।

असोज २८ गते अभिभावक भगवता अर्यालले संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय तहको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार पारी कार्यान्वयन गर्न दबाब दिएर हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो। पटकपटक गरी चारपटक पेसी चढ्दा पनि अन्तिम फैसला हुन सकेको छैन। अर्को पेसी यही पुस २७ गते तोकिएको छ।

पाठ्यक्रममा विवाद उत्पन्न हुनुको अर्को कारण गणित विषय हटाउनु पनि हो। ‘कोरोना कहरका कारण यस वर्ष कक्षा ११ को पठनपाठन असोजदेखि मात्र सुरु भएको हो,’ त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘सरकारले विज्ञानबाट गणित विषय हटाएपछि विवाद उत्पन्न भएको हो। जसका कारण कक्षा सञ्चालनको चार महिना हुँदासमेत नयाँ वा पुरानो कुन पाठ्यक्रमअनुसार विषयवस्तु पढाउने भन्ने अन्योल छ। नयाँ र पुरानो पाठ्यक्रमको विषयवस्तु पनि निकै फरक छन्।

खै कसरी पढाउने रु विद्यार्थी र शिक्षक दुवै अन्योलमा छन्।’ एक त कोरोना संक्रमणको उच्च जोखिम, त्यसमाथि समयमै पढाइ थाल्ने वातावरण नहुनु, फेरि नयाँ वा पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने अन्योल हुँदा आधा शैक्षिक सत्र बित्नै लागिसकेकाले अब सरकारले छिटै निकास दिनुपर्ने शिक्षकहरूको माग छ। नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]