१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

सप्तरीमा हात्तीको मृत्यु

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,२५ पुस। सप्तरीमा अर्काे हात्तीको पनि करेन्ट लागेर मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ ।

पछिल्लो पटक खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी शनिबार बिहान हात्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको भाले हात्ती गाउँ प्रवेश गर्न लाग्दा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।

हात्तीको विद्युतीय धरापमा परी मृत्यु भएको जानकारी वन डिभिजन कार्यालयलाई गराइसकिएको साहले बताए । ‘बाँकी अनुसन्धान वन कार्यालयले नै गर्छ,’ उनले भने ।

दैनिक रुपमा हात्ती आएर आतंकित बनाउन थालेपछि यस क्षेत्रका बासिन्दाले विद्युतीय धराप लगाएका थिए । यद्यपि प्रहरीले विद्युतीय धराप लगाउनु गैरकानुनी काम भएको भन्दै यसबारे वन कार्यालयले नै कुनै निर्णय लिन सक्ने जनाएको छ ।

सप्तरीकै कञ्चनरुप नगरपालिकामा यसअघि ७ मंसिरमा एउटा हात्तीको करेन्ट लागेर नै मृत्यु भएको थियो । नगरपालिकाको वडा नम्बर ५ पडेमारामा विद्युत पोलमा शरीर घिसारेपछि तार चुँडिएर त्यो हात्तीलाई ३३ हजार केभिएको हाइटेन्सन विद्युतबाट करेन्ट लागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

सिरहा । नेपालमा नौलो गणतन्त्रको विकल्प नरहेको दावी जनमत पार्टीका केन्द्रीय सदस्य रामेश्वर यादवले गरेका छन् । शुक्रबार आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । यसका लागि उनले नेता कार्यकर्तालाई गाउँ-गाउँमा मुहिम चलाउन आग्रह गरे । नौलो गणतन्त्र आएपछि मात्रै जनताले यो देशमा अपनत्व र राज्य भएको महसुस गर्न पाउने […]

जनकपुरधाम । कपाली तमसुक दर्ता गर्न आनाकानी गरेको भन्दै महोत्तरीको औरही नगरपालिका २ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय नवीन यादव, अन्चल देवीसहित साहू (महाजन)ले वडा कार्यालयमा ताला लगाएका हुन् । उनीहरु वडाध्यक्ष दरेश यादवविरुद्ध सडकमा टायर बालेर नाराबाजी पनि गरे । लेनदेन सम्बन्धी कपाली तमसुक लगायतका कागज वडा कार्यालयबाट प्रमाणीकरण गर्न भोलिसम्मको […]